रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुनमा पनि करेन्ट, टसमस भएनन् अन्य श्रेणी


प्रकाशित मिति : बैशाख २६, २०८१ बुधबार

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुन महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् जुन महिनामा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न पाइने भएको छ ।

तर जुन महिनाका लागि युएससीआईएसले भिसा बुलेटिनको फाइनल एक्सन डेटलाई आधार मान्दा अमेरिकाभित्रै हुनेहरुका सन्दर्भमा रोजगारमा आधारित अन्य श्रेणीको ग्रिनकार्ड कुरिरहेकाहरुलाई भने थप निराश बनाएको छ । अर्कातर्फ मे महिनाका तुलनामा अन्य श्रेणीको फाइनल एक्सन डेट टसमस नहुँदा यी श्रेणीहरुमा ग्रिनकार्ड कुरिरहेकाहरुलाई थप तनाव भएको छ ।

रोजगारमा आधारित दोश्रो र तेश्रो श्रेणीको ग्रिनकार्डका लागि जुन महिनामा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गर्न पाइने प्राथमिकता मिति क्रमशः १५ जनवरी २०२३ र २२ नोभेम्बर २०२२ रहेको छ । अप्रिल र मेमा पनि यही मिति कायम थियो । जसले गर्दा ग्रिनकार्ड आवेदन फाइल गर्नका लागि प्रतिक्षा अवधि अझ बढेको छ ।

रोजगारमा आधारित तेश्रो श्रेणीको अनस्कील्ड अन्य कामदारका सन्दर्भमा पनि ग्रिनकार्ड आवेदन फाइल गर्नका लागि प्रतिक्षा अवधि मे महिनामा अझ बढेको छ । मे महिनामा ८ अक्टोबर २०२० भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुले ग्रिनकार्ड फाइल गर्न सक्नेछन् ।

आई १४० विचाराधिन रहेको अवस्थामा आवेदकले आई ४८५ फाइल गरिसकेपछि आवेदन विचाराधिन रहँदासम्म वर्क परमिट प्राप्त गर्न, सोसल सेक्युरिटी नम्बर प्राप्त गर्न र एड्भान्स परोलमा अमेरिकाबाहिर यात्रा गर्न समेत सकिन्छ । तर यसबारे निर्णय गर्नु अगाडि आफ्नो केसको प्रकृतिबारे लाइसेन्सप्राप्त कानुन व्यवसायीसँग सल्लाह लिनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com