अमेरिकामा कागजपत्रविहीन आप्रवासीहरूलाई व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने बिल


प्रकाशित मिति : चैत्र ३०, २०८० शुक्रबार

एक वरिष्ठ रिपब्लिकन सांसदले कागजपत्रविहीन आप्रवासीहरूलाई अमेरिकामा उडान गर्न प्रतिबन्ध लगाउने बिल संसदमा ल्याउन लागेका छन् । प्रतिनिधिसभामा होमल्याण्ड सेक्युरिटी कमिटीका अध्यक्ष रिपब्लिकन सांसद मार्क ग्रीनले बाएइडेन प्रशासनबाट ल्याइएका अध्यागमनका कानुनी मार्गहरू बन्द गर्ने प्रयासमा यस्तो बिल ल्याउन लागेका हुन् ।

अमेरिकीहरूले उडानमा चढ्नको लागि उचित पहिचान देखाउनुपर्ने तर कागजपत्रविहीनले त्यसो गर्न आवश्यक नहुने विद्यमान अवस्थाको अन्त्य गरेर कागजपत्रविहीन आप्रवासीहरूले पनि अमेरिकी नागरिकहरू जस्तै कानूनहरूको पालना गर्नुपर्ने सांसद ग्रिनले बताएका छन् । यी कानूनहरू लागू नहुँदा राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न हुने उनको भनाई छ ।

ग्रीनको बिलले विशेष रूपमा उचित परिचयपत्रहरु नहुनेहरुलाई विमानस्थलका सुरक्षा चेकपोइन्टहरू मार्फत अगाडि बढ्नमा रोक लगाउने लक्ष्य लिएको छ । संघीय हिरासतमा हुँदा प्राप्त अध्यागमन कागजपत्र देखाएर हाल कागजपत्रविहीनहरु अमेरिकामा विमानमार्फत यात्रा गर्न पाउने अनुमति दिइएकोमा यो बिलको उद्देश्य उक्त प्रावधानलाई रोक्नु रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बिलले अध्यागमन कागजात देखाएर विमानमा चढ्ने खोज्नेहरुलाई विदेशी र आन्तरिक विमान कम्पनीहरूले विमानमा चढ्न नदिने प्रावधान ल्याउनेछ । बाइडेन प्रशासनले आप्रवासीहरुलाई सिमाक्षेत्रमा पक्राउ गरेका कागजात वा सीबीपी वान एप्लीकेशनबाट विमानमा चढ्न अनुमति दिंदा अमेरिकनहरुलाई जोखिममा पारेको सांसद ग्रिनको भनाई छ ।

यो बिलका अहिलेसम्म १७ जना सांसदहरु को स्पोन्सर रहेका छन् । रिपब्लिकन सिनेटर माइक लीले पनि सिनेटमा यस्तै प्रकारको बिलको समर्थन गरिरहेका छन् । यो बिल प्रतिनिधिसभाबाट पारित भएपनि सिनेटबाट पारित हुनभने सहज छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com