ग्रिनकार्ड लगायतका आवेदनमा रिसिप्ट प्राप्त हुन १४ दिनसम्म लाग्नसक्ने युएससीआईएसबाट प्रष्ट


प्रकाशित मिति : चैत्र ३०, २०८० शुक्रबार

युएससीआईएसले ग्रिनकार्ड लगायतका आवेदनका सन्दर्भमा लकबक्स स्थानहरुमा प्राप्त हुने आवेदनहरुको संख्यामा अत्याधिक बृद्धि भएको जनाएको छ । जसको कारणले गर्दा रिसिप्टहरु जारी हुनमा केही ढिलाई भइरहेको युएससीआईएसले प्रष्ट पारेको छ । रिसिप्टहरु जारी हुनमा ढिलो भएतापनि आवेदनहरू पोस्टमार्क गरिएको मितिमा आधारित रहेर प्रक्रियामा लगिएको युएससीआईएसको भनाई छ ।

युएससीआईएसले भनेको छ हामीले हाम्रो लकबक्स स्थानहरूमा आवेदनहरुमा वृद्धि भएको अनुभव गरेका छौं । त्यसैले रिसिप्ट प्राप्त हुन १० देखि १४ क्यालेण्डर दिन लाग्नसक्छ ।

युएससीआईएसको सम्पर्क केन्द्र

रिसिप्ट प्राप्त गर्नको लागि मानक समय सीमा सामान्यतया ७ देखि १० दिनको वरिपरि हुन्छ। तर अहिले त्योभन्दा बढी समय लागिरहेको युएससीआईएसको भनाई छ । ७ देखि १० दिनमा रिसिप्ट प्राप्त नहुँदा कतिपय आवेदकहरु आफ्नो आवेदन समयमा नै नपुगेको हो कि भन्ने चिन्तामा समेत रहने गरेका छन् ।

युएससीआईएसका अनुशार रिसिप्ट प्राप्त हुन अहिले दुईदेखि तीनहप्तासम्म लाग्नसक्ने देखिएको छ । त्यसैले रिसिप्ट प्राप्त नभएकोबारे युएससीआईएसमा सम्पर्क गर्नु अगाडि कम्तीमा पनि १४ दिन कुर्न सुझाव दिइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अनलाइनबाट फाइल गरिने आवेदनहरुका सन्दर्भमा भने तुरुन्तै आवेदन प्राप्त भएकोबारे कन्फर्मेशन नम्बर प्राप्त हुन्छ । त्यसैले आवेदकहरुलाई उपलब्ध भएसम्म सकभर अनलाइनबाट आवेदन फाइल गर्न सुझाव दिइएको छ । अनलाइनबाट आवेदन फाइल गर्दा युएससीआईएसका सूचनाहरु पनि अनलाइनमा सिधै प्राप्त गर्न सकिन्छ । जसले गर्दा पत्रहरु हराउने सम्भावना हुँदैन भने पत्रको जवाफ दिनका लागि समेत थप समय प्राप्त हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com