अमेरिकाको भिजिटर भिसा पाउने नेपालीको संख्यामा रेकर्ड ब्रेक, कतिजनाले पाए?


प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार

नेपालीहरुले अमेरिकाको भिजिटर भिसा अत्यन्तै कम पाएको भन्दै सामाजिक सञ्जालहरुमा हालै देखिएका केही भिडियोहरु र पोष्टहरुमा सत्यता देखिएको छैन । हालै योबारेका केही पोष्ट र भिडियोहरु सामाजिक सञ्जालहरुमा भाइरल भएका थिए । खासगरी फेब्रुअरी महिनामा नेपालीहरुले अमेरिकाको भिजिटर भिसा अत्यन्तै कम पाएको त्यस्ता पोष्टहरुमा उल्लेख गरिएतापनि फेब्रुअरी महिनामा नै भिजिटर भिसा पाउने नेपालीहरुको संख्यामा रेकर्ड ब्रेक भएको छ, अर्थात् चालु आर्थिक बर्षमा अहिलेसम्म सबैभन्दा धेरै फेब्रुअरीमा नै नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन् ।

अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार फेब्रुअरीमा कुल २९९१ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका छन्, जसमध्ये २५५४ जनालाई अमेरिकी दूतावास काठमाडौंले भिजिटर भिसा जारी गरेको थियो । यो संख्या जनवरीको तुलनामा उल्लेख्य रुपमा धेरै हो । जनवरीमा २३ सय ६७ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएकोमा अमेरिकी दूतावास काठमाडौंलेमा १९५७ जनालाई भिजिटर भिसा जारी गरेको थियो ।

त्यस्तै डिसेम्बरमा १९०७ जना नेपालीहरुले अमेरिकाको भिजिटरभिसा पाएकोमा काठमाडौंबाट १६१३ जनाले पाएका थिए । नोभेम्बरमा विश्वभरबाट भने १७७९ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए भने १४१९ जनालेमात्र अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसा पाएका थिए । चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा अमेरिकी दूतावास काठमाडौंले १६७५ जनालाई भिजिटर भिसा जारी गरेको थियो भने उक्त महिना विश्वभरबाट अमेरिकाको भिजिटर भिसा पाउने नेपालीहरुको संख्या २०८१ रहेको थियो ।

आवेदकमध्ये ६९ प्रतिशत नेपालीलाई अमेरिकाको भिजिटर भिसा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२३ मा कुल नेपाली आवेदकहरुमध्ये झण्डै ६९ प्रतिशतले अमेरिकाको भिजिटर भिसा पाएका छन् । अमेरिकी विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांक अनुशार भिजिटर भिसाका नेपाली आवेदकमध्ये जम्मा ३१ दशमलव ३ प्रतिशतकोमात्र भिसा अस्वीकृत गरिएको छ । यद्यपी भिसा स्वीकृत दर अघिल्लो आर्थिक बर्षको तुलनामा भने कम हो ।

आर्थिक बर्ष २०२३ मा १८ हजार २ सय ४५ जना नेपालीहरुले अमेरिकाको भिजिटर भिसा पाएका थिए । यो बर्ष झण्डै २६ हजार ५ सय नेपालीले भिजिटर भिसाका लागि आवेदन दिएकोमा झण्डै ८ हजार ३ सय जनाको भिसा आवेदन अस्वीकृत भयो ।

आर्थिक बर्ष २०२२ मा अमेरिकाले कुल नेपाली आवेदकहरुमध्ये झण्डै ८० प्रतिशतलाई भिजिटर भिसा दिएको थियो । झण्डै २२ हजार ७ सय २९ जना नेपालीहरुले भिजिटर भिसाका लागि आवेदन दिएकोमा १८ हजार २ सय १४ जनालाई भिजिटर भिसा स्वीकृत गरिएको थियो ।

आवेदकमध्ये झण्डै ४५ सय १५ जना नेपालीहरुले भने भिसा पाएनन् । कुल भिजिटर भिसा आवेदक संख्याको १९ दशमलव ८५ प्रतिशतलेमात्र भिसा नपाएका हुन् । अमेरिकाले आर्थिक बर्ष २०२१ मा पनि झण्डै ८१ प्रतिशत नेपाली आवेदकहरुलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको थियो । विगत ३ बर्षदेखि अमेरिकाको भिजिटर भिसाका लागि आवेदन दिने नेपालीहरुमध्ये झण्डै ७० प्रतिशतभन्दा बढीले भिसा पाएका छन् ।

अमेरिकाले २०२१ मा ७१२८ नेपालीलाई अमेरिकाको भिजिटर भिसा प्रदान गरेको र जम्मा १८ दशमलव ७२ प्रतिशतको मात्र भिजिटर भिसा अस्वीकृत गरेको थियो । भिजिटर भिसाका कुल ८ हजार ७ सय ७३ नेपाली आवेदकहरुमध्ये १६४५ जनालेमात्र अमेरिकाको भिसा पाएनन् ।

२०२१ मा कोरोना महामारीका कारण विना अन्तरवार्ता भिसा नविकरणको आवेदन दिनेहरु उल्लेख्य थिए । २०२१ मा नेपालीहरुलाई अमेरिकाको भिसा दिने दर ऐतिहासिक रुपमा उच्च बनेको थियो ।

त्यस अगाडि आर्थिक बर्ष २०२० मा आवेदकमध्ये झण्डै ५१ दशमलव ९ प्रतिशत नेपालीहरुलाई अमेरिकाले भिजिटर भिसा प्रदान गरेको थियो । यद्यपी सन् २०२० मा अमेरिकाको भिजिटर भिसा स्वीकृत हुने नेपालीहरुको प्रतिशत दर त्यस अगाडिका ३ बर्षको तुलनामा सबैभन्दा उच्च थियो ।

आर्थिक बर्ष २०२० को तुलनामा २०२१ मा भिसा स्वीकृतिको प्रतिशत दर बढेपनि संख्या भने घटेको थियो । २०२० मा ७ हजार ७ सय ५१ नेपालीहरुलाई अमेरिकाको भिजिटिर भिसा प्राप्त गरेकोमा २०२१ मा यो संख्या अझ घटेको थियो ।

आर्थिक बर्ष २०२० मा झण्डै १५ हजार नेपालीहरुले अमेरिकाको भिजिटर भिसा आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ७ सय ५१ जनाको भिजिटर भिसा स्वीकृत भएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ ।

नेपालीको भिजिटर भिसा अस्वीकृत दर आर्थिक बर्ष सन् २०१९ मा ५० दशमलव ७ प्रतिशत र २०१८ मा ५१ दशमलव ५ प्रतिशत रहेको थियो । आर्थिक बर्ष २०१७ मा भने अस्वीकृत दर ४६ दशमलव ४ प्रतिशतमात्र थियो ।

आर्थिक बर्ष २०१८ मा भने नेपालीहरुको भिजिटर भिसा अस्वीकृत दर सन् २०१२ पछिकै सबैभन्दा धेरै रहेको थियो । सन् २०११ मा भने त्योभन्दा पनि धेरै कुल आवेदकमध्ये ५९ दशमलव ९ प्रतिशत नेपालीहरुको भिजिटर भिसा अस्वीकृत भएको थियो । सन् २००६ देखि सन् २०११ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुभन्दा नपाउनेहरुकै प्रतिशतदर उच्च थियो ।

तर सन् २०१२ देखि २०१७ सम्म भिजिटर भिसाका कुल आवेदकमा भिसा पाउनेहरुको प्रतिशत नपाउनेहरुको तुलनामा बढी थियो । सन् २०१४ मा त कुल भिजिटर भिसाका नेपाली आवेदकहरुमध्ये ६१ दशमलव ८ प्रतिशतले भिसा पाएका थिए । कुल आवेदकमध्ये जम्मा ३८ दशमलव २ प्रतिशत नेपाली आवेदकको भिजिटर भिसा अस्वीकृत भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com