ग्रिनकार्ड लगायतका आवेदनबारे निर्णय हुन लाग्ने औषत अवधिबारे युएससीआईएसको नयाँ तालिका


प्रकाशित मिति : चैत्र २१, २०८० बुधबार

ग्रिनकार्ड लगायतका आवेदनबारे निर्णय हुन लाग्ने औषत अवधिबारे युएससीआईएसले नयाँ फ्याक्ट सिट जारी गरेको छ । जसमा केही आवेदनका सन्दर्भमा युएससीआईएसले छिटो निर्णय प्रदान गर्नमा अर्थात् आवेदनबारे निर्णय गर्ने समय घटाउनमा उललेख्य प्रगति गरेको छ । फ्याक्ट सिटमा भर्खरै प्रकाशित डाटा समावेश गरिएको छ जसमा उच्च आवेदन प्राप्त हुने फारमहरूको लागि औषत प्रशोधन समय अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा कम भएको छ।

एसाइलम आवेदकहरू र केही परोलहरूबाट वर्क परमिटका लागि निर्णय गर्न अहिले औषतमा ३० दिनभन्दा कम समय लाग्ने गरेको छ भने अमेरिकी नागरिकता आवेदनबारे निर्णय आउन औषतमा सबा ५ महिना लाग्ने गरेको छ । नागरिकता आवेदनमा लाग्ने समय सन् २०१६ यताकै सबैभन्दा कम हो । त्यस्तै ग्रिनकार्ड आवेदन विचाराधिन रहँदा वर्क परमिटका लागि झण्डै साढे ३ महिना लाग्ने गरेको छ जुन २०१७ यताकै सबैभन्दा कम हो । युएससीआईएसका अनुशार अहिले कुनै पनि प्रकारका वर्क परमिटबारे औषतमा साढे ३ महिनाभन्दा अगाडि निर्णय गरिएको छ । एड्भान्स परोल डकुमेन्टमा निर्णय आउन झण्डै साढे ४ महिना लाग्ने गरेको छ, जुन सन् २०१८ यताकै कम हो । गैर आप्रवासी कामदार भिसाको नियमित आवेदन आई १२९ मा पनि झण्डै पौने ३ महिनामात्र लाग्ने गरेको छ ।

केहि अन्य आवेदनमा निर्णयका लागि समय कम गर्न थप प्रगति गर्न आवश्यक रहेको युएससीआईएसले स्वीकार गरेको छ । एसाइलम स्वीकृत हुनेका परिवारका लागि फाइल गरिने फर्म आई ७३० तथा यु भिसामा निर्णय अवधि उच्च ब्याकलगका कारण लक्ष्यित भन्दा निकै धेरै रहेको युएससीआईएसले स्वीकार गरेको छ । तर नयाँ स्थापित मानवीय आवेदन हेर्ने सर्भिस सेन्टरले त्यसमा उल्लेख्य प्रगति गरेको युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकबर्ष अगाडि एसाइलम स्वीकृत भएको आधारमा ग्रिनकार्डका लागि लाग्ने औषत अवधि अहिले झण्डै १४ महिना छ भने रोजगारमा आधारित ग्रिनकार्डका लागि सबा ७ महिना रहेको छ । त्यस्तै परिवारमा आधारित ग्रिनकार्डका लागि लाग्ने अवधि भिसा करेन्ट भएको अवस्थामा औषतमा झण्डै साढे ९ महिना रहेको छ । १ बर्षभन्दा बढी अमेरिका बाहिर बस्नुपर्ने ग्रिनकार्डवाहकका लागि रिइन्ट्री परमिट आवेदनमा निर्णय आउन झण्डै साढे १५ महिना लाग्ने गरेको छ । ग्रिनकार्डको नविकरणका लागि आई ९० फर्ममा निर्णय आउन औषतमा सबा ३ महिना लाग्ने गरेको छ ।

त्यस्तै बार्षिक भिसाको कोटा रहेको ग्रिनकार्ड आवेदनहरुका सन्दर्भमा आफूहरुले अमेरिकी विदेशमन्त्रालयबाट जारी हुने भिसा बुलेटिनका आधारमा निर्णय गर्ने भएकाले त्यस्ता आवेदनहरुमा निर्णयका लागि लामो समय लाग्ने गरेको युएससीआईएसले जनाएको छ । उदाहरणका लागि परिवारमा आधारित केही श्रेणीका ग्रिनकार्डका लागि फाइल गरिने आई १३० आवेदनका सन्दर्भमा निर्णय गर्नु अघि भिसा उपलब्ध भए नभएको निर्धारण गर्न भिसा बुलेटिन प्रयोग गर्ने गरेको र भिसा करेन्ट हुन लामो समय लाग्ने भएकाले आवेदनबारे निर्णय हुनपनि लामो समय लाग्ने गरेको युएससीआईएसको भनाई छ । यो समस्याको समाधान संसदलेमात्र गर्नसक्ने युएससीआईएसले प्रष्ट पारेको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com