रुसलाई फ्रान्सका राष्ट्रपतिको चेतावनी- युक्रेनमाथि हमलाको आरोप लगाएर यसको फाइदा नउठाउनू


प्रकाशित मिति : चैत्र १२, २०८० सोमबार

Europe Macron The Flex

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्ससँग इस्लामिक स्टेट (आइएस) ले शुक्रबार मस्को कन्सर्ट हलमा हमला गरेको जानकारी रहेको बताउनुभएको छ । उहाँले युक्रेनमाथि हमलाको आरोप लगाएर यसको फाइदा नउठाउन रुसलाई चेतावनी दिनुभएको छ ।

“इस्लामिक स्टेटको एउटा एकाइले हमलाको योजना बनाएर कार्यान्वयन गरेको फ्रान्ससँग जासुसी जानकारी छ”, फ्रान्सेली दक्षिण अमेरिकी क्षेत्र फ्रेन्च गुयानाको भ्रमणमा आइपुगेपछि म्याक्रोनले पत्रकारहरूसँग भन्नुभयो, “यो विशेष समूहले हाम्रो मुलुकमा हमलाका धेरै प्रयास गरेको छ ।”

यद्यपि, उहाँले रुसलाई आक्रमणको कुनै पनि ‘शोषण’ विरुद्ध चेतावनी दिँदै भन्नुभयो, “यस सन्दर्भलाई युक्रेनविरुद्ध प्रयोग गर्ने प्रयास गर्नु निन्दनीय र प्रत्युत्पादक हुनेछ ।”

आइएसले मस्कोमा शुक्रबार साँझ भएको हमलाको जिम्मेबारी लिएको छ । आक्रमणमा एक सय ३७ जनाको ज्यान गएको थियो । यद्यपि मस्कोले आइएसको दाबीप्रति टिप्पणी गर्न अस्वीकार गरेको छ । सुरक्षा सेवा र राष्ट्रपति भ्लादिमिर पुटिनले अपराधीहरू आफ्नो प्रतिद्वन्द्वी किएभसँग जोडिएको हुनसक्ने बताउनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रुसी सेवाहरूलाई पेरिसले ‘बढाएको सहयोग’ को प्रस्ताव गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार पुटिनसँग प्रत्यक्ष वार्ताको सट्टा ‘प्राविधिक तथा मन्त्रिस्तरीय स्तर’ मा सम्पर्क हुनेछ ।

सन् २०२२ मा युक्रेनमाथि आक्रमणबारे पुटिनसँग कुराकानी गर्नका लागि सिलसिलेवार फोन गर्ने प्रयासयता फ्रान्सेली राष्ट्रपति म्याक्रोनले पुटिनसँग कुराकानी गर्नुभएको छैन । “सन्दर्भ कसरी विकसित हुनेछ र आउने दिन वा सातामा यसलाई उचित ठहर्याइन्छ वा ठहर्याइँदैन, हामी हेर्नेछौँ”, म्याक्रोनले व्यक्तिगत कुराकानीमा भन्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com