टेक्सासबाट न्युयोर्कका लागि कागजपत्रविहीनलाई नबोक्न बस कम्पनी सहमत
प्रकाशित मिति : चैत्र ७, २०८० बुधबार
Border Patrol agents escort migrants onto a bus to be taken to a processing facility to begin their asylum-seeking process in Eagle Pass, Texas on June 25, 2023. Texas Governor Greg Abbott signed six bills aimed towards enhancing border security along the southern border. Of the six bills, one aims to install floating barriers in the middle of the Rio Grande in an attempt to deter migrants from illegally crossing into the United States. The initiative will begin in Eagle Pass and is projected to be fully installed by July, 2023. (Photo by SUZANNE CORDEIRO / AFP)
बस कम्पनी रोडरनर चार्टर्सले बुधबार टेक्सासबाट न्युयोर्क सिटी र वरपरका क्षेत्रहरूमा आप्रवासीहरूलाई ढुवानी गर्न रोक्न सहमत भएको । न्युयोर्क सिटीले बस कम्पनीहरुविरुद्ध हालेको मुद्दा विचाराधीन रहेको अवस्थामा यस्तो सहमति भएको हो ।
न्युयोर्क सिटीले पछिल्ला दुई वर्षमा टेक्सासबाट बसमा हालेर न्युयोर्क ल्याइएका कागजपत्रविहीनको हेरचाह गर्न खर्च भएको ७ सय मिलियन भन्दा बढी रकमको माग तत्कालका लागि स्थगित गर्न सहमत भएपछि त्यसको भागका रुपमा बस कम्पनीपनि कागजपत्रविहीनलाई नबोक्न सहमत भएको हो । न्युयोर्क सिटीको डिपार्टमेन्ट अफ सोसल सर्भिसेजले डिसेम्बरमा रोडरनर र अन्य १६ बस कम्पनीहरूविरुद्ध मुद्दा हालेको थियो । कागजपत्रविहीन आप्रवासीहरूलाई न्युयोर्क सिटीको सरकारी सुविधा लिन बाध्य पार्ने उद्देश्यले टेक्सासका गभर्नरको योजना कार्यान्वयनमा सघाएको आरोप लगाउँदै बस कम्पनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियो ।

कागजपत्रविहिनीको हेरचाहको लागि न्युयोर्क सिटीले गरेको खर्चका लागि बस कम्पनीहरु जिम्मेवार हुनुपर्ने दावी मुद्दामा गरिएको छ । जब टेक्सासले डिसेम्बर २७ र जनवरी ३ मा कागजपत्रविहीन आप्रवासीहरूलाई हालेर दुई विमानहरू फिलाडेल्फियामा पठायो, त्यतीबेला उनीहरुलाई फिलाडेल्फियामाबाट न्युयोर्क र न्युजर्सी ल्याउने रोडरनर प्रमुख बस कम्पनी थियो । नयाँ नियम अन्तर्गत न्युयोर्क सिटीमा कागजपत्रविहीन आप्रवासीहरूको कुनै पनि प्रकारको ढुवानीमा प्रतिबन्ध लगाइएको छ ।
न्युयोर्क सिटीले राष्ट्रिय मानवीय संकटको व्यवस्थापनमा राष्ट्रको नेतृत्व गर्न जारी राख्ने भएतापनि टेक्सास राज्यको हर्कतपूर्ण राजनीतिक खेलहरू नसहने मेयर एरिक आडम्सले एक विज्ञप्तिमा बताएका छन् । बसले मुद्दा अगाडि बढ्दै गर्दा न्युयोर्क सिटी र वरपर कागजपत्रविहीन आप्रवासीहरूको बस यात्रा रोक्न सहमत भएकोमा उनले खुशी व्यक्त गरेका छन् । उनले मुद्दा परेका सबै बस कम्पनीहरूलाई पनि त्यसै गर्न आह्वान गरेका छन् ।






