विनाभिसा मेक्सिकोबाट अमेरिका प्रवेश गर्न खोज्दा एकबर्षमा ८२४ नेपालीलाई पक्राउपछि हिराशतमा


प्रकाशित मिति : चैत्र ५, २०८० सोमबार

दलाललाई मोटो रकम बुझाएर विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्नखोज्दा आर्थिक बर्ष २०२३ मा ८२४ जना नेपालीहरुलाई पक्राउ गरेर अध्यागमन हिराशतमा राखिएको छ । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको तथ्यांक अनुशार उनीहरु सीबीपीबाट सीमाक्षेत्रमा पक्राउपछि आइसलाई स्थानान्तरण गरिएकाहरु हुन्। यो संख्या आर्थिक बर्ष २०२२ मा ९४१   र आर्थिक बर्ष २०२१ मा ३७३  थियो ।

तीमध्ये सबैजना अहिलेसम्म अध्यागमन हिराशतमा भने छैनन् । उनीहरुमध्ये कतिपय अमेरिकामा छुटिसकेका छन् भने कतिपय नेपाल देशनिकाला भइसकेका छन् । केही अझै अध्यागमन हिराशतमा छन् ।

यो बाहेक आर्थिक बर्ष २०२३ मा विभिन्न अपराध गरेका कारण आइसको हिराशतमा पर्ने नेपालीहरु थप ११ जना थिए । यो संख्या २०२२ मा २१ जना र २०२१ मा ११ जना थिए ।  उनीहरु आपराधिक अभियोग भएका व्यक्तिहरू, विचाराधीन आपराधिक आरोपहरू भएका व्यक्तिहरू वा कुनै अभियोग वा पेन्डिङ चार्ज नभएका तर अमेरिकी अध्यागमन कानुन तोडेकाहरु रहेको आइसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन कानुन तोडेको भन्नाले ज्ञात आपराधिक अभियोग नभएका वा देशनिकालापछि पुन अमेरिका प्रवेश गरेर बारम्बार अमेरिकी कानून उल्लङ्घन गरेकाहरु छन् । अध्यागमन न्यायाधीशद्वारा देशनिकालाको अन्तिम आदेश आदेशपछि पनि नफर्केकाहरु र विदेशमा गरेको अपराधका लागि विदेशी फरार व्यक्तिहरू पनि यसमा पर्छन् । तर ११ जनामा कतिजना कुन अपराधमा अध्यागमन हिराशतमा परेका थिए भन्नेबारे केही बताइएको छैन ।

अध्यागमन हिराशतमा परेका ८३५ जना नेपालीमध्ये ५६ जनालाई इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले नै आफै पक्राउ गरेको थियो । त्यसमध्ये ११ जना अपराधको अभियोग लागेकाहरु थिए भने ४३ जना अध्यागमन कानुनको उल्लंघन गरेकाहरु रहेको आइसले जनाएको छ । २ जना अन्य अभियोग लागेकाहरु थिए ।

आर्थिक बर्ष २०२३ मा आइसबाट पक्राउ पर्ने नेपालीहरुको संख्या आर्थिक बर्ष २०२२ को तुलनामा झण्डै दोब्बर हो । आर्थिक बर्ष २०२२ मा आइस आफैले ३० जनालाई पक्राउ गरेको थियो, जसमा ९ जना आपराधिक अभियोग भएकाहरु र २१ जना अध्यागमन कानुनको उल्लंघन गरेकाहरु थिए । आर्थिक बर्ष २०२१ मा आइसले पक्राउ गरेका नेपालीहरुको संख्या जम्मा ११ थियो ।

आर्थिक बर्ष २०२३ मा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले देशनिकाला गरेका नेपालीहरुको संख्या २२ थियो । यो संख्या आर्थिक बर्ष २०२२ मा २८ र २०२१ मा २३ थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com