युएससीआईएसको गल्तीले बायोमेट्रिक दिने आवेदक समस्यामा, सूचना बोकेर सर्पोट सेन्टरमा जान सुझाव


प्रकाशित मिति : चैत्र ३, २०८० शनिबार

विभिन्न अध्यागमन प्रक्रियाहरूका लागि युएससीआईएस समक्ष आवेदन दिएका ठूलो संख्याका आवेदकहरूले आवश्यक बायोमेट्रिक अपोइन्टमेन्टहरूको समयतालिकामा समस्याको सामना गरेपछि युएससीआईएसले यसलाई सम्बोधन गरेको छ । कैयन आवेदकले आफ्नो बायोमेट्रिक अपोइन्टमेन्ट सूचनाहरू ढिलो गरी प्राप्त गरेका थिए वा सूचना प्राप्त हुँदासम्म बायोमेट्रिकका लागि तोकेको मिति वितिसकेको थियो ।

यस्तो समस्या उत्पन्न भएपछि बायोमेट्रिक दिन नपाएको कारणले आवेदकहरूको अध्यागमन आवेदनमा नकारात्मक प्रभाव पार्नसक्ने चिन्ता बढेको थियो । युएससीआईएसले आधिकारिक रूपमा यो समस्यालाई स्वीकार गरेको छ । छोटो समयतालिका विन्डो सम्बन्धी समस्याका कारण अनजानमा अपोइन्टमेन्ट सूचनाहरू पठाउन ढिलाइ भएको र गल्तीहरु निम्त्याएको युएससीआईएसले जनाएको छ ।

एजेन्सीले यो चिन्तालाई सम्बोधन गर्दै परिस्थितिलाई सुधार गर्ने उद्देश्यका उपायहरू कार्यान्वयन गर्ने र भविष्यमा यो दोहोरिने नदिने आश्वासन दिएको छ । छोटो समयतालिका विन्डोको कारण यो समस्या उत्पन्न भएको र सुधारात्मक कार्यहरू भन्दै युएससीआईएसले सरोकारवालाहरूलाई सूचित गरेको छ। यो पहलले बायोमेट्रिक्स अपोइन्टमेन्ट शेड्युलिङसँग सम्बन्धित सरोकारवालाहरूका चिन्ता हटाउँदै समस्यालाई कम गर्ने अपेक्षा गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युएससीआईएसले सबै एप्लिकेसन सपोर्ट सेन्टरहरूलाई यो समस्याबाट प्रतिकूल असर परेका आवेदकहरूको बायोमेट्रिक लिन निर्देशन जारी गरेको छ। आफ्नो अपोइन्टमेन्ट सूचनाहरू ढिलो पाएका वा सूचना आइपुग्दासम्म अपोइन्टमेन्टको मिति गइसकेकाहरुलाई ती सूचनाहरु बोकेर बायोमेट्रिकका लागि एप्लिकेसन सपोर्ट सेन्टर सन्दर्भमा उक्त सूचना लिएर बायोमेट्रिकका लागि जान सुझाव दिइएको छ । ती सूचनाहरु देखाएपछि मिति गुज्रिसकेको भएतापनि प्रभावित आवेदकहरुको बायोमेट्रिक लिइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com