अब अमेरिकामा शरणार्थीले विना आवेदन ३० दिनमा वर्क परमिट पाउने


प्रकाशित मिति : फाल्गुन ३०, २०८० बुधबार

युएससीआईएसले अमेरिकामा आउने शरणार्थीहरूलाई छिट्टै वर्क परमिट उपलब्ध गराउनको लागि सुव्यवस्थित प्रक्रिया सुरु गरेको छ। जसले वर्क परमिटको लागि पर्खने समयलाई उल्लेखनीय रूपमा घटाउनेछ । अमेरिकामा कानुनी रूपमा काम गर्न वर्क परमिट शरणार्थीहरूको लागि आवश्यक कागजात हो ।

यो सुव्यवस्थित प्रक्रियाले वर्क परमिटको प्रतीक्षा समय धेरै महिनाको सट्टा लगभग ३० दिनमा झार्नेछ । डिसेम्बर १०, २०२३ वा पछि शरणार्थीको रूपमा अमेरिका आएका सबै व्यक्तिहरूले यो नयाँ प्रक्रिया अनुसार वर्क परमिट प्राप्त गर्नेछन्।

अमेरिकी कानून अन्तर्गत शरणार्थीहरुलाई अमेरिका आइपुगेपछि काम गर्न कानूनी रूपमा अधिकार छ। तर पहिले एक जटिल कागजमा आधारित प्रक्रियाका कारण वर्क परमिट प्राप्त गर्नमा अनुचित ढिलाइ हुने गरेको थियो । तर नयाँ प्रक्रिया पूर्णतया अटोमेटिक रहेको छ । अब शरणार्थीहरूलाई वर्क परमिटको लागी आवेदन दिन आवश्यक छैन ।

नयाँ प्रकृया अन्तरगत युएससीआईएसले शरणार्थीहरूका लागि डिजिटल रूपमा वर्क परमिट फारम सिर्जना गर्नेछ र उनीहरू अमेरिका प्रवेश गर्ने बित्तिकै वर्क परमिटबारे निर्णय गर्न थाल्नेछ। युएससीआईएसले शरणार्थीको वर्क परमिट स्वीकृत गरेपछि शरणार्थीहरूले सामान्यतया एक देखि दुई हप्ता भित्र आफ्नो वर्क परमिट प्राप्त गर्नेछन्।

युएससीआईएसले हुलाकमार्फत उनीहरूको रेकर्डमा रहेको ठेगानामा वर्क परमिटहरु पठाउनेछ। एक शरणार्थीले आफ्नो वर्क परपमट कार्ड प्राप्त गर्नको लागि समय सीमा डेलिभरी समयको आधारमा फरक हुन सक्छ। सोधपुछ गर्नु अघि कुल ३० दिन प्रतिक्षा गर्न सुझाव दिइएको छ ।

युएससीआईएसले शरणार्थीलाई सोसल सेक्युरिटी नम्बर तोक्न र सोसल सेक्युरिटी कार्ड पठाउन आवश्यक जानकारी पनि इलेक्ट्रोनिक रूपमा सोसल सेक्युरिटी एड्मिनिष्ट्रेशनलाई उपलब्ध गराउनेछ।

यो प्रक्रिया अमेरिकामा परिवारका सदस्यहरुले शरणार्थी वा एसाइली नातेदार आवेदन आई ७३० भरेपछि शरणार्थीका रुपमा अमेरिका आउनेका सन्दर्भमा भने लागु हुँदैन । त्यस्तै प्रतिस्थापन वा नवीकरण गर्न खोज्नेहरुका सन्दर्भमा पनि लागु हुँदैन । उनीहरुले नियमित प्रकृयाबाट आवेदन दिनुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com