अमेरिकाको अस्थायी गैर कृषि कामदारका लागि आवेदन प्रयाप्त, पूरक आवेदनका लागि मिति घोषणा


प्रकाशित मिति : फाल्गुन २५, २०८० शुक्रबार

अमेरिकाको अस्थायी गैर कृषि कामदार भिसा एच टु बीका लागि प्रयाप्त आवेदन प्राप्त भइसकेको भन्दै युएससीआईएसले अब प्राप्त हुने आवेदनहरु सिधै अस्वीकार गर्ने घोषणा गरेको छ । चालु आर्थिक बर्ष २०२४ को दोश्रो आधाका लागि प्रयाप्त आवेदनहरु प्राप्त भइसकेको युएससीआईएसले जनाएको छ ।

सन् २०२४ को अप्रिल १ पछि र अक्टोबर १ अगाडि काम सुरु गर्नेगरी दिइएका आवेदनहरु मार्च ७ सम्म प्रयाप्त रुपमा प्राप्त भएको युएससीआईएसले जनाएको छ । संसदले तोकेको ६६ हजारको बार्षिक कोटाको नियममा छुट पाउने अस्थायी कामदार भिसाका लागि भने आवेदन स्वीकार्न जारी राख्ने युएससीआईएसको भनाई छ ।

अमेरिकामा हाल एच टु बी कामदार भिसामा रहेका र आफ्नो बसाईको अवधि लम्ब्याउन चाहनेहरुमा बार्षिक कोटाको छुट हुन्छ । आफ्नो रोजगारीका सर्तहरू परिवर्तन भएमा वा आफ्नो रोजगारदाता परिवर्तन गर्नुपरेमा पनि उनीहरुले आवेदन दिन सक्छन् । माछा उद्योगमा काम निश्चित कामदारलाई पनि यो छुट हुन्छ भने कमनवेल्थ अफ नर्दन मारियाना आइल्याण्ड वा गुआमममा काम गर्नेहरुलाई पनि बार्षिक कोटामा छुट हुन्छ ।

पूरक भिसाका सन्दर्भमा गत नोभेम्बर १७ मा सरकारले नियम प्रकाशित गरेर आर्थिक बर्ष २०२४ का लागि ६४ हजार ७१६ थप भिसाहरु उपलब्ध गराउने घोषणा गरेको थियो । तर यी पूरक भिसाहरु अपूरणीय क्षति भोगिरहेका वा अनुरोध गरिएका सबै कामदारहरूलाई काममा लगाउन नपाए आसन्न अपूरणीय क्षति भोग्ने प्रमाणित गर्नसक्ने अमेरिकी व्यवसायहरूका लागि मात्र उपलब्ध छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूरक भिसाका लागि एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, हाइटी, कोलम्बिया, इक्वेडर र कोस्टारिकाका नागरिकहरूका लागि मार्च २२ बाट आवेदन दिन सकिनेछ । उनीहरुले आगामी अप्रिल १ देखि सेप्टेम्बर ३० सम्मकाम सुरु गर्ने गरी आवेदन दिनुपर्नेछ । आर्थिक बर्ष २०२४ को दोश्रो आधाको पहिलो चरण अर्थात अप्रिल १ देखि मे १४ सम्म काम सुरु गर्ने कामदारका लागि जुनसुकै देशका भएपनि १९ हजार पुरक भिसाका लागि मार्च २२ देखि आवेदन स्वीकार गरिनेछ तर उनीहरु पहिलोपटक काम गर्नेहरु नभई काममा फर्कनेहरु हुनुपर्नेछ ।

त्यस्तै आर्थिक बर्ष २०२४ को दोश्रो आधाको दोश्रो चरण अर्थात मे १५ देखि सेप्टेम्बर सम्म काम सुरु गर्ने कामदारका लागि जुनसुकै देशका भएपनि ५ हजार पुरक भिसाका लागि अप्रिल २२ देखि आवेदन स्वीकार गरिनेछ तर उनीहरु पहिलोपटक काम गर्नेहरु नभई काममा फर्कनेहरु हुनुपर्नेछ । युएससीआईएसले ढिलोमा सेप्टेम्बर १६ सम्म वा त्योभन्दा अगाडि नै कोटा पुगेको खण्डमा त्योभन्दा अगाडिकै मितिमा आवेदनहरु स्वीकार गर्न बन्द गर्नेछ । मार्च ३१ अगाडि नै काम सुरु गर्नेहरुका लागि थप गरिएको २० हजार ७ सय १६ भिसाका लागि पनि युएससीआईएसले आवेदन लिन बन्द गरिसकेको छ ।

आप्रिल १ पछि दिने आवेदनहरुका सन्दर्भमा नयाँ शुल्क तिर्नुपर्नेछ । किनभने अप्रिल १ पछि लागु हुनेगरी युएससीआईएसले विभिन्न आवेदनहरुमा शुल्कबृद्धि गरेको छ । आई १२९ आवेदनको नयाँ भर्सन फाइल गर्नका लागि पनि सुविधा अवधि राखिएको छैन । अप्रिल १ पछि फाइल गर्नेहरुले अनिवार्य रुपमा नयाँ फर्म फाइल गर्नुपर्नेछ ।

एच टु बी भिसामा अमेरिकी रोजगारदाताहरूले अस्थायी, गैरकृषि कामका लागि विदेशी कामदारहरू राख्न पाउँछन् । यो अहिले चलिरहेको एचवान बीको लोटरी भन्दा फरक हो । एच टु बी अन्तरगत रोजगारदाताहरूले विदेशी कामदारहरूलाई अस्थायी पदहरू भर्नका लागि ल्याउन सक्छन् जुन मौसमी प्रकारको र कामको चरम माग भएको अवधिको लागि हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com