अवैध बाटो अमेरिका पुगेका ८ नेपालीलाई स्वदेश फिर्ता पठाइयो


प्रकाशित मिति : फाल्गुन ११, २०८० शुक्रबार

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ ।

अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

“अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले डिपोर्ट गरी बिहीबार काठमाडौँ फिर्ता पठाएको छ”, उहाँले भन्नुभयो, “हिजो उनीहरु आफन्त कहाँ गएर बसेका थिए । आज उनीहरुलाई हामीले सम्पर्कमा बोलाएका छौँ । उनीहरु के कसरी त्यहाँ गएका हुन् भन्ने विषयमा बुझनेछौँ ।”

आर्थिक वर्ष २०२३ मामात्र आइसले विश्वभरका १७० भन्दा बढी देशहरूका १ लाख ४२ हजार ५ सय ८० जनालाई अमेरिकाबाट देशनिकाला गरेको थियो भने ६२ हजार ५ सय ४५ जनालाई टाइटल ४२ अन्तरगत निष्कासन गरेको थियो ।

सन् २०२० को अक्टोबरयता झण्डै १ सय जना नेपालीहरु अमेरिकाबाट यसरी देशनिकाला भइसकेका छन् भने गत आर्थिक बर्षमा २२ जना नेपालीहरु यसरी देशनिकालामा परेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com