इजराइल र हमासबीचको युद्धविराम छैटौँ दिनमा, गाजाबाट थप १२ बन्धक रिहा


प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार

A newly released Palestinian prisoner is greeted during a welcome ceremony for prisoners freed from Israeli jails in exchange for Israeli hostages released by Hamas from the Gaza Strip, during a welcome ceremony in Ramallah in the occupied West Bank on November 28, 2023. Israel’s prison service said 30 Palestinian detainees were released on November 28, 2023 under the terms of a truce agreement between Israel and Hamas in the Gaza Strip. The announcement came after 10 Israeli hostages were freed in the Palestinian territory under the deal, along with two Thai citizens. (Photo by Kenzo TRIBOUILLARD / AFP)

प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक रिहा गरिएपछि इजराइल र हमासबीचको युद्धविराम बुधबार छैटौँ दिनमा प्रवेश गरेको छ । मध्यस्थकर्ताहरूले दुवै पक्षबीच ‘दिगो’ युद्धविराममाथि जोड दिएका छन् ।

प्रारम्भिक चार दिने युद्धविरामको ४८ घन्टाको विस्तारपछि मङ्गलबार १२ बन्धकको नयाँ समूहलाई गाजाबाट मुक्त गरिएको छ भने इजराइलले ३० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ । बन्दीहरूका लागि बन्धकहरूको अर्को आदानप्रदानको अपेक्षासँगै विस्तारित सम्झौताको अन्तिम २४ घन्टा बुधबारपछि सुरु हुन्छ । यद्यपि मध्यस्थकर्ता कतारले उसले थप दिगो व्यवस्थाको अपेक्षा गरिरहेको बताएको छ ।

“अहिले हाम्रो मुख्य ध्यान र आशा एउटा स्थायी युद्धविरामसम्म पुग्ने हो जसले थप वार्ता हुनेछ र अन्ततः यो युद्धको अन्त्य गर्नेछ”, कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले दोहामा पत्रकारहरूसँग भन्नुभयो, “यद्यपि हामीसँग जे छ त्यसैमा काम गरिरहेका छौँ, अहिले हामीसँग भएको सम्झौताको प्रावधान हो जसले हामीलाई कम्तीमा १० बन्धकको रिहाइको प्रत्याभूति गर्न हमासले त्यतिबेलासम्म युद्धविरामको दिन लम्ब्याउन अनुमति दिन्छ ।”

हमास र इस्लामिक जिहादका मास्क लगाएका सशस्त्र लडाकूहरूलाई इजिप्टको सीमा नजिकै रफाहमा बन्धकहरूलाई रेडक्रस अधिकारीहरूसमक्ष बुझाएको देखेको एएफपीका पत्रकारले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मुक्त गरिएका इजराइली बन्धकहरूमा १७ वर्षीया मिया लिम्बर्गसहित सबै महिला थिए । लिम्बर्ग आफ्नी आमा र काकीसँग इजराइल फर्केकी थिइन् । तीनै जनालाई किबुत्ज निर यित्ज्याकबाट अपहरण गरिएको थियो । रिहा भएपछि ती किशोरीलाई उनको कुकुर बेलालाई समाएको देखिएको थियो ।

बन्धकहरूले सामना गर्नुपरेको स्थितिका बारेमा अहिलेसम्म केही प्रत्यक्ष विवरण आएका छन् । सोमबार रिहा भएका १२ वर्षीय इटन याहलोमीकी हजुरआमाले पुरुषहरूलाई १६ दिनसम्म एकान्त कारवासमा राखिएको बताउनुभयो । “उनी एक्लै भएका दिनहरू भयानक थियो”, एस्तेर येलीले इजराइली समाचार वेबसाइट वाल्लालाई भन्नुभयो, “अहिले इटन धेरै अन्तर्मुखी भएको छ ।”

स्थानीय मिडियाका अनुसार इजराइल सरकारलाई बुधबार रिहा हुने नयाँ बन्धकहरूको एउटा सूची प्राप्त भएको छ । यद्यपि यसको कुनै आधिकारिक पुष्टि भएको छैन । सम्झौताको सर्तअन्तर्गत अहिलेसम्म ६० इजराइली बन्धकलाई गाजाबाट मुक्त गराइएको छ । सम्झौताको दायराभन्दा बाहिर रहेर एक रुसी–इजराइल, २० थाई र एक फिलिपिनोलाई मुक्त गरिएको छ ।

बदलामा एक सय ८० प्यालेस्टिनी महिला र नाबालिग बन्दीलाई रिहा गरिएको छ । रिहा हुनेमा १४ वर्षीय अहमद सलाइमा पनि थिए । उनी पूर्वी जेरुसेलममा आफ्नो घर फर्किएका थिए र आफ्ना आफन्तहरूसँग अँगालो हालेका थिए । “कारागारमा रहँदा अहमद सबैभन्दा कम उमेरका प्यालेस्टिनी बन्दी भए पनि हामीले उनलाई भेट्न सकेनौँ”, उनका बुबा नायेफले भन्नुभयो ।

इजराइली अधिकारीहरूका अनुसार युद्धविराम सम्झौताले हमासको अक्टोबर ७ को हमलाबाट सुरु भएको युद्धलाई अस्थायीरूपमा रोकेको छ । हमासको उक्त हमलामा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय मानिस मारिएका थिए ।

इजराइलले जवाफमा गाजामा गरेको हवाई र स्थल कारवाहीमा करिब १५ हजार मानिसको मृत्यु भएको र गाजाको उत्तरी क्षेत्रको ठूलो भूभाग बस्नलायक नरहेको हमासका अधिकारीहरूले बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com