विश्वकपको फाइनलमा भारतले अस्ट्रेलियालाई दियो २४१ रनको लक्ष्य


प्रकाशित मिति : मंसिर ३, २०८० आईतबार

आईसीसी विश्वकप २०२३ को फाइनलमा भारतले अष्ट्रेलियालाई जितका लागि २४१ रनको लक्ष्य दिएको छ । पहिले ब्याटिङ गरेको भारतले केएल राहुल र विराट कोहलीको अर्धशतकको मद्दतले २ सय ४० रन बनाएको थियो ।

भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन, विराट कोहलीले ५४ रन र कप्तान रोहित शर्माले ४७ रनको योगदान दिए ।

सुस्त पिचमा बाँकी ब्याट्सम्यानले खास केही गर्न सकेनन् । अष्ट्रेलियाका बलर र फिल्डरले भारतीय टोलीलाई बाँधेर राखे । भारतीय ब्याट्सम्यानले ११ देखि ४० ओभरको बीचमा दुई चौका मात्र प्रहार गर्न सके ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

यो विश्वकपमा भारतले अहिलेसम्म कुनै पनि खेल हारेको छैन । खेल हेर्न केन्द्रीय गृहमन्त्री अमित शाह, बलिउड सुपरस्टार शाहरुख खान, दीपिका पादुकोण, रणवीर सिंह जस्ता स्टारहरु पुगेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com