न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा


प्रकाशित मिति : कार्तिक २९, २०८० बुधबार

सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो ।

सेमिफाइनलमा भारतले कीर्तिमानी ३९७ रन बनाएको थियो । जवाफमा न्यूजिल्याण्डको पुरा टिम ३२७ रनमा आउट भयो । यो विश्वकपमा भारतको लगातार १० औँ जित पनि हो ।

भारतका लागि मोहम्मद सामीले सर्वाधिक ७ विकेट लिए भने न्युजिल्याण्डको इनिङ्समा ड्यारेल मिचेलले सर्वाधिक रन बनाए । उनले ११९ बलमा १३४ रन बनाए । कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिपले ४१ रन बनाए ।

न्यूजिल्याण्डको इनिङ्समा कप्तान केन विलियम्सनले ड्यारेल मिचेलसँग १८१ रनको साझेदारी गरेका थिए ।

यस क्रममा ड्यारेल मिचेलले ८५ बलमा आफ्नो शतक पूरा गरे । यो विश्वकपमा मिचेलको दोस्रो शतक हो । उनले यो विश्वकपमा भारतविरुद्ध पहिलो शतक प्रहार गरेका हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com