विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलको खेलमा भारत र न्युजिल्यान्ड भिड्दै, कस्ले मार्ला बाजी ?


प्रकाशित मिति : कार्तिक २८, २०८० मंगलबार

विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड मुम्बईमा भिड्दैछन् । भारतसँग २०१९ विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डसँगको हारको अंक बराबरी गर्ने सुनौलो अवसर हुनेछ ।

तर, विश्वकप लगायतका आईसीसी प्रतियोगितामा न्युजिल्याण्डको भारतविरुद्धको रेकर्ड निकै राम्रो छ । आईसीसी प्रतियोगितामा हालसम्म दुई टोलीबीच १० खेल भएका छन् जसमध्ये ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ ।

तर, लिग चरणमा भारतले धर्मशालामा न्यूजिल्याण्डलाई चार विकेटले पराजित गरेको थियो, जुन २००३ विश्वकपपछि पहिलो पटक भएको थियो।

भारतले विश्वकपको लिग खेलमा सबै ९ खेल जितेको छ । जहाँसम्म मुम्बईको वानखेडे स्टेडियममा भएको विश्वकपमा श्रीलंकासँग भारतको खेलको सवाल छ, त्यो खेलमा भारतले श्रीलंकालाई ३०२ रनको ठूलो अन्तरले पराजित गरेको थियो।

मोहम्मद शामी र मोहम्मद सिराजको उत्कृष्ट बलिङका अगाडि श्रीलंकाको टोली ५५ रनमा मात्र सिमित भयो । भारतले यस मैदानमा हालसम्म २१ खेल खेलेको छ जसमा १२ जित र ९ हारेको छ ।

खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा सुरु हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com