पीडासँग लड्दै म्याक्सवेलले बनाए ऐतिहासिक दोहोरो शतक, अफगानिस्तान पराजित


प्रकाशित मिति : कार्तिक २१, २०८० मंगलबार

क्रिकेट इतिहासमा सबैभन्दा अविस्मरणीय रन चेस विश्वकप २०२३ मा मंगलबार राती देखियो । पीडासँग संघर्ष गर्दै ग्लेन म्याक्सवेलको अपराजित दोहोरो शतक हान्दै अष्ट्रेलियाले अफगानिस्तानलाई पराजित गर्यो र आफ्नो विश्वकप इतिहासमा सबैभन्दा ठूलो रनको लक्ष्य हासिल गर्यो। कुनै बेला खेल पूर्णतया अफगानिस्तानको पकडमा थियो । २९२ रनको लक्ष्यको जवाफमा अस्ट्रेलियाले १९ औं ओभरमा ९१ रनमा ७ विकेट गुमाएको थियो ।

तर, यहाँबाट ग्लेन म्याक्सवेलले आफ्नो करियरको उत्कृष्ट पारी खेल्दै १२८ बलमा अविजित २०१ रन बनाए । अर्को छेउमा उनले कप्तान प्याट कमिन्सको पनि राम्रो साथ पाए । मुम्बईको वानखेडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा २९१ रन बनाएको थियो । यो जितसँगै अष्ट्रेलिया सेमिफाइनल पुग्ने तेस्रो टोली बनेको छ । अफगानिस्तानका रसिद खान, अजमातुल्लाह ओमरजाई र नवीन उल हकले समान २–२ विकेट लिए ।

इब्राहिम जाद्रानको शतक व्यर्थ

यो विश्वकपमा अहिलेसम्म ब्याट्सम्यानका लागि वानखेडे रंगशालाको पिच स्वर्ग नै साबित भएको छ । यी तीन खेलको पहिलो इनिङ्समा क्रमशः ३९९, ३८२ र ३५७ रनको ठूलो स्कोर बनेको थियो । यसपटक पनि अफगानिस्तानका ब्याट्सम्यानले राम्रो खेले । ओपनर इब्राहिम जद्रानले अविजित १२९ रन बनाएर विश्वकपमा शतक प्रहार गर्ने पहिलो अफगान ब्याट्सम्यान बनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जाद्रानले आफ्नो टोलीका हरेक ब्याट्सम्यानसँग साना–साना साझेदारी गरे । रहमानउल्लाह गुरबाज (२१), कप्तान हस्मतुल्लाह शाहिदी (२६), रहमत शाह (३०) अजमातुल्लाह ओमरजाई (२२) पछि अन्तिम ओभरमा रसिद खानले १८ बलमा ३५ रन बनाएपछि स्कोरबोर्डमा २९१ रन थपिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com