गाजा पट्टीमा फसेका एघार श्रीलङ्काली स्वदेश फर्किए


प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार

गाजा पट्टीमा फसेका दुई वयस्क र नौ बालबालिकासहित दुई परिवारका ११ जना श्रीलङ्काली नागरिक आइतबार सकुशल श्रीलङ्का आइपुगेका छन् ।

कन्सुलर सेवा विभागले कायरो, रामल्लाह र तेल अभिवमा रहेको श्रीलङ्काका नियोगसँगको सहकार्यमा उक्त व्यवस्थाको समन्वय गरेको मन्त्रालयले जनाएको छ ।

गाजा पट्टीबाट ११ जना श्रीलङ्कालीलाई राफा बोर्डर क्रसिङ हुँदै इजिप्ट प्रवेश गर्न काएरोस्थित श्रीलङ्काली दूतावासले नोभेम्बर २ मा इजिप्टका अधिकारीहरूसँगको समन्वयमा सहजीकरण गरेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फर्कने नागरिकका लागि रसद र हवाई यातायातको व्यवस्था गर्न सहजीकरण गरेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com