विराट कोहलीद्वारा विश्वकपमा ४९ औं शतक पूरा, जन्मदिनमै सचिनको कीर्तिमानसँग बराबरी


प्रकाशित मिति : कार्तिक १९, २०८० आईतबार

विराट कोहलीले आज दक्षिण अफ्रिकाविरुद्ध खेलिरहेको विश्वकपको ३७ औं खेलमा आफ्नो ४९ औं शतक पूरा गरेका छन् ।

कोहलीले ११९ बलमा शतक पूरा गरे र योसँगै उनले महान क्रिकेटर सचिन तेन्दुलकरको कीर्तिमानको बराबरी गरेका छन् । एकदिवसीय क्रिकेटमा ४९ शतक प्रहार गर्ने कीर्तिमान सचिन तेन्दुलकरको नाममा छ ।

कोहलीले अहिलेसम्म एकदिवसीयमा ४८ शतक बनाएका छन् । यसअघि विश्वकपमा श्रीलंकाविरुद्धको खेलमा कोहली शतक बनाउन चुकेका थिए । तर, कोलकाताको इडेन गार्डेन स्टेडियम आज उनको लागि भाग्यशाली साबित भयो। विराट कोहलीले पनि आज आफ्नो ३५ औं जन्मदिन मनाइरहेका छन् ।

विराट कोहली एकदिवसीय क्रिकेटमा आफ्नो जन्मदिनमा शतक बनाउने सातौं ब्याट्सम्यान बनेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com