अमेरिकामा पहिलो पटक एसाइलम फाइल गर्दा बयान र प्रमाणहरु पेश नगर्न सुझाव


प्रकाशित मिति : बैशाख १७, २०८१ सोमबार

युएससीआईएसको एसाइलम अफिस वा अध्यागमन अदालतमा शरण आवेदन फाइल गर्न आवश्यक कागजातहरूबारे फरक फरक वकिलहरूका फरक फरक धारणाहरु रहेका हुन्छन् । तर कानुन व्यवसायी ज्यासन जुबोले यसबारे महत्वपूर्ण सुझावहरु दिएका छन् ।

अमेरिकामा अहिले एसाइलम फाइल गर्दा कागजी रुपमा वा अनलाइनमार्फत फाइल गर्न सकिन्छ । अहिले धेरैले अनलाइनमार्फत फाइल गर्न थालेका छन्, जुन निकै सहज पनि छ । अनलाइनबाट फाइल गर्दा आवेदकले रिसिप्ट र बायोमेट्रिक नोटिस फाइल गरेको केही घण्टा वा केही दिन भित्र प्राप्त गर्छन् भने प्रमाणहरू पनि सजिलै अपलोड गर्न सकिन्छ ।

युएससीआईएससँग आवेदकका प्रमाणहरु हराएको इतिहास भएकाले अनलाइनबाट फाइल गर्दा युएससीआईएसले सबै कागजात प्राप्त गरेको सहजै सुनिश्चित गर्न सकिन्छ । साथै कागजात र हुलाक शुल्क समेत बचत गर्न सकिन्छ । तर केहीले अनलाइन एसाइलम फारम भयानक भएको र डाटा हाल्न कष्टप्रद र समय लाग्ने रहेको अनुभव गर्छन् । यो पढ्न र समीक्षा गर्न गाह्रो भएको तथा वकील र ग्राहक बीचको इन्टरफेस अप्ठ्यारो भएको समेत अनुभव छ ।

प्राय वकिलहरुले ग्राहकसँग पहिले नियमित कागजी फर्म भर्ने र त्यो सकिएपछि सबै डाटा अनलाइन प्रणालीमा प्रविष्ट गर्छन् । यो धेरै समय लाग्ने खालको रहेको छ । तर ग्राहकको जानकारी हेर्न र समीक्षा गर्न सजिलो हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जसरी फाइल गरेपनि आवेदकका सबै पासपोर्टका प्रतिलिपीहरु, सबै आश्रितहरूको पासपोर्टका प्रतिलिपीहरु, आश्रित जीवनसाथीसँग फाइल गर्नेहरुले विवाह प्रमाणपत्रको प्रतिलिपि र प्रमाणित अंग्रेजी अनुवाद, आश्रित बच्चाहरूसँग फाइल गर्नेहरुले प्रत्येक बच्चाको जन्म प्रमाणपत्रको प्रतिलिपि र प्रमाणित अंग्रेजी अनुवाद पेश गर्नुपर्ने जुबोको सुझाव छ । पासपोर्टका सन्दर्भमा खाली पृष्ठहरू समेत प्रत्येक पृष्ठको प्रतिलिपि समावेश गर्नुपर्छ ।

यी आवश्यक कागजातहरू बाहेक आफूहरुले प्रारम्भिक फाइलिङको साथ अरू केही समावेश नगर्ने जुबोको भनाई छ । किनभने एसाइलमका मामिलाहरूमा सामान्यतया वर्षौं लाग्छन् । त्यो समयमा चीजहरू परिवर्तन हुन्छन्। यदि प्रारम्भिक आवेदनको साथ बयान र अन्य प्रमाणहरु फाइल गरेमा ती अन्तर्वार्ताको समयसम्म आउडेटेड अर्थात् पुरानो हुनसक्ने कानुन व्यवसायी जुबो बताउँछन् ।

अन्तिम इन, पहिलो आउट नीति अन्तरगत युएससीआईएसले पुराना केसहरूका तुलनामा नयाँ केसहरूलाई प्राथमिकता दिन्छ । त्यसैले आवेदकले फाइल गरेपछि चाँडै अन्तर्वार्ता प्राप्त गर्न पनि सक्छन् । त्यसैले आवेदक अन्तर्वार्ता र प्रमाणहरुका लागि तयार हुनुपर्छ।

आवेदन दिने समयमा बयानपत्र तयार पारेपनि पेश नगर्न उनले सुझाव दिन्छन् । फाइल गर्ने समयमा सकेसम्म धेरै प्रमाणहरू जम्मा गर्नु उत्तम हुने भएपनि त्यो पनि फाइल गर्ने समयमा पेश नगर्न उनले सुझाव दिए । छिटो अन्तर्वार्ता प्राप्त गरेमा तयारी अवस्थामा राखेका बयान र प्रमाणहरुसहित अन्तरवार्तामा जान सकिन्छ । नभए बयान र प्रमाणहरू पछि अद्यावधिक गर्न समय हुन्छ । अन्तर्वार्ताहरू प्रायः केही हप्ताको सूचनाको साथ निर्धारित हुने भएकाले सबै कुरा अपडेट गर्न र दायर गर्न सीमित समय हुन्छ । त्यसैले आवेदन तयारी अवस्थामा भने बस्नुपर्छ ।

पहिले नै आफ्नो आवेदन, बयान र प्रमाण पेश गरिसकेका व्यक्तिहरूको लागि अतिरिक्त प्रमाण र एक पूरक शपथ पत्र फाइल गर्न सम्भव छ। तर दुईवटा शपथ पत्रहरू पेश गर्दा भ्रमित हुन सक्छ र विसंगतिहरू सिर्जना गर्ने जोखिम हुन सक्छ। पुरानो देशको अवस्थाको प्रमाणको पनि कुनै फाइदा छैन । किनभने पुरानो देशको अवस्था प्रमाणहरू तपाईंको मामलामा भएका घटनाहरूसँग प्रत्यक्ष सम्बन्धित नभएसम्म एसाइलम अधिकारीले सामान्यतया ताजा प्रमाणहरू मात्र विचार गर्छन् । त्यसैले सकेसम्म आवेदन दिंदा न्यूनतम आवश्यक कागजातहरू मात्र फाइल गर्न र बाँकी अन्तर्वार्ता नभएसम्म राख्न कानुन व्यवसायी जुबो सुझाव दिन्छन् ।

अध्यागमन अदालतमा प्रक्रियाहरू थप जटिल छन्। आवेदकले अदालतमा फाइल गरेको कुनै पनि कागजात होमल्याण्ड सेक्युरिटीमा पनि दायर गर्नुपर्छ। साथै, बायोमेट्रिक अपोइन्टमेन्ट प्राप्त गर्नको लागि एसाइलम फारमको पहिलो तीन पृष्ठको प्रतिलिपि युएससीआईएसलाई पठाउनु पर्छ। त्यो बाहेक प्रारम्भिक फाइलिङको तर्क युएससीआईएसमा फाइल गरिने नियमित केसको जस्तै हो ।

यद्यपि उल्लेख गर्न लायक केही भिन्नताहरू पनि छन्। एसाइलम कार्यालय र अध्यागमन अदालत बीचको सबैभन्दा ठूलो भिन्नता भने आवेदकसँग सामान्यतया अदालतमा अन्तिम सुनुवाइको मिति हुन्छ, जबकि शरण कार्यालयमा अन्तरवार्ता केहि महिनामा पनि हुन सक्छ वा धेरै वर्ष पनि लाग्न सक्छ। अदालतको सुनुवाइहरू पनि कहिलेकाहीं अनियमित रूपमा वरिपरि सारिन्छ । तर सामान्यतया आवेदकले प्रमाण र बयान पेश गर्न कतिसमय बाँकी छ भन्ने थाहा पाउँछन् । अध्यागमन न्यायाधीशहरूले कहिलेकाहीं आवेदकलाई प्रारम्भिक फाइलिङमा थप जानकारी वा प्रमाणहरू समावेश गर्न बाध्य पार्छन्। त्यस्तो अवस्थामा न्यायाधीशले के आवश्यक छ भनेर व्याख्या गर्नुपर्छ।

कहिलेकाहीँ आवेदकहरू आफ्ना मुद्दाहरू छिटो अगाडि बढाउन चाहन्छन्। त्यसो भएमा आवेदकले आफूसँग भएका जुनसुकै प्रमाणहरू फाइल गर्नु अर्थपूर्ण हुन सक्छ। यो अवस्थामा न्यायाधिसले आवेदक तयारी अवस्थामा भएको थाहा पाएर मुद्दाका लागि अझ छिटो तालिका बनाउन सक्छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com