गाजाको अन्तिम पावर स्टेशन पनि बन्द, बिजुली आपूर्ति रोकियो


प्रकाशित मिति : आश्विन २४, २०८० बुधबार

गाजाको अन्तिम पावर स्टेशन पनि इन्धन अभावका कारण काम गर्न बन्द गरेको छ । त्यसपछि यहाँको विद्युत् आपूर्ति ठप्प भएको छ ।

चरमपन्थी संगठन हमासले शनिबार गरेको आक्रमणपछि इजरायलले गाजालाई पूर्ण रुपमा घेराबन्दी गर्ने र बिजुली, इन्धन, खाद्यवस्तु, पानी र अन्य सामग्रीको आपूर्ति बन्द गरेको घोषणा गरेको थियो ।

पछिल्लो पावर स्टेशन बन्द हुनुको अर्थ यो पनि हो कि गाजाका जनताले अब बिजुलीका लागि जेनेरेटरमा भर पर्नु पर्नेछ र जेनरेटरले पनि चलाउन इन्धन छ भने मात्र काम गर्नेछ।

गाजाको अन्तिम बिजुली आपूर्ति काटिएको थियो।

गाजामा बस्ने कमल मशरावीले केही समयअघि बीबीसीसँग कुरा गरेका थिए । उनी ४५ जनासँग बेसमेन्टमा थिए । उनले भनेका थिए, “अवस्था निकै खराब छ, हामीसँग न पानी छ, न इन्टरनेट छ न बिजुली छ।”

आक्रमणमा आफ्ना छोराछोरी घाइते भएको र परिवारका धेरै सदस्य गुमाएका तर इन्टरनेट नभएका कारण आफूले कसैलाई सम्पर्क गर्न नसकेको मशरावीले बताए ।

“म काँपिरहेको छु। नागरिकहरू यसरी मरिरहेको देख्दा धेरै नराम्रो छ। उनीहरूलाई यो द्वन्द्वबाट टाढा राख्नु पर्ने थियो। हामी नागरिकहरू यसको हिस्सा होइनौं तर हामी प्रभावित छौं,” उनले फोनमा भने।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com