१० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरू


प्रकाशित मिति : आश्विन १४, २०८० आईतबार

करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरू भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा शनिबार उडान भरेको हो ।

सन् २०१४ को डिसेम्बरमा, युरोपेली आयोगले सुरक्षाको कारण देखाउँदै लिबियाका सबै एयरलाइन्सलाई युरोपेली हवाई क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएको थियो ।

लिबियास्थित मेडस्की एयरवेजले त्रिपोलीको मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट रोमको लियोनार्डो दा भिन्ची–फियुमिसिनो अन्तर्राष्ट्रिय विमानस्थलका लागि १० बर्षपछि पहिलो उडान भरेको हो ।

मेडस्की एयरवेजले आफ्नो फेसबुकमार्फत् सार्वजनिक जानकारीमा शनिबार र बुधबार त्रिपोली र रोमबीच दुईतर्फी उडान गर्ने घोषणा गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच, लिबियाको यातायात मन्त्रालयले दुई देशका नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन सहयोग र हवाई यातायातसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

त्रिपोलीमा भएको यस सम्झौताले दुई देशका वायुसेवा कम्पनीलाई चार्टर र नियमित उडान सञ्चालन गर्न सहजीकरण र प्रोत्साहन गर्ने मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com