एसिया कप क्रिकेट-२०२३ को उपाधि भारतलाई, मोहम्मद सिराजले मात्रै लिए श्रीलंकाको ६ विकेट
प्रकाशित मिति : भाद्र ३१, २०८० आईतबार
एसिया कप क्रिकेट-२०२३ को उपाधि भारतले जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले १५.२ ओभरमा ५० रन मात्र बनाएको थियो ।
भारतलाई जितका लागि जम्मा ५१ रनको लक्ष्य थियो, जुन भारतीय ब्याट्सम्यानले ७ औं ओभरको पहिलो बलमा पूरा गरेका थिए ।
भारतका लागि मोहम्मद सिराजले ६, हार्दिक पाण्ड्याले ३ र जसप्रित बुमराहले एक विकेट लिए ।
श्रीलंकाले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा शुभमन गिलले २७ रन र इशान किशनले २३ रन बनाए ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






