अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी समकक्षी जेलेन्स्कीबीच बिहीबार भेटवार्ता हुँदै


प्रकाशित मिति : भाद्र ३०, २०८० शनिबार

President Joe Biden travels to Kyiv, Ukraine Monday, February 20, 2023. (Official White House Photo by Adam Schultz)

अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँका युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीबीच आगामी बिहीबार राष्ट्रपतिको कार्यालयमा भेटवार्ता हुने भएको छ । भेटमा युक्रेनी राष्ट्रपतिले आफ्नो युद्धग्रस्त देशलाई थप आर्थिक एवं सैन्य सहायताका लागि राष्ट्रपति बाइडेनसमक्ष आग्रह गर्नुहुनेछ । आर्थिक सहायता प्राप्तिका निम्ति उहाँले अमेरिकी संसद्को पनि भ्रमण गर्ने बताइएको छ ।

बाइडेन प्रशासनले कङ्ग्रेसलाई युक्रेनका लागि २४ अर्ब डलर विनियोजन गर्न आग्रह गरेको छ । यो रकममा १३ अर्ब १० करोड अतिरिक्त सैन्य सहायता तथा आठ अर्ब ५० करोड मानवीय सहयोग समावेश छ । केही राजनीतिज्ञले यति धेरै रकम युक्रेनलाई दिन नहुने बताएका छन् । विशेष गरी रिपब्लिकन पार्टीका केही नेताले युक्रेनका जनरलहरूले युद्ध सञ्चालन गर्ने तरिकाको आलोचना पनि गरेका छन् । युक्रेनको सुस्त प्रगतिको पनि उनीहरूले आलोचना गर्दै आएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत साता युक्रेनको भ्रमण गरेर ४१ अर्ब डलरभन्दा बढीको नयाँ सहायता प्याकेज घोषणा गर्नुभएको थियो । यो सहायतामा युरेनियम ट्याङ्क र गोलाबारुद पनि समावेश छ । यी घातक हतियार अमेरिकाले पठाएमा मस्को पनि प्रतिघातपूर्ण कदम चाल्न बाध्य हुने चेतावनी दिएको थियो ।

दुवै नेता यसै साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा पनि सहभागी हुने कार्यक्रम छ । महासभालाई सम्बोधन गर्ने तथा विश्व नेताहरूसँग भेटघाट गर्ने युक्रेनी नेताको योजना छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बिहीबार नै युक्रेनी समकक्षीसँग भेट्ने निश्चित भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com