जुलाई महिना विश्वभर सबैभन्दा तातो महिना, १ लाख २० हजार वर्षको कीर्तिमान तोड्न सक्ने


प्रकाशित मिति : श्रावण १२, २०८० शुक्रबार

जुलाई महिना विश्वभर यस वर्षको सबैभन्दा तातो महिना हुने भएको छ । यसपटक जुलाईको गर्मीले सन् २०१९ को गर्मीको रेकर्ड तोड्ने वैज्ञानिकहरूले बताएका छन् ।

यो महिना सकिन अझै केही दिन बाँकी छ । केही विज्ञहरूका अनुसार यस वर्षको जुलाई महिना विगत एक लाख २० हजार वर्षकै सबैभन्दा तातो महिना साबित हुन सक्छ । युरोप, अमेरिकालगायत विश्वका धेरैजसो स्थानमा तीव्र गर्मीको प्रकोप छ ।

धेरै देशमा चर्को गर्मी बढिरहेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व ग्लोबल वार्मिङभन्दा माथि उक्लने युगमा पुगेको बताएका छन् ।

जीवाश्म इन्धनको अत्याधिक प्रयोगका कारण गर्मी बढ्दै गएको वैज्ञानिकहरुले बताएका छन् । भारतमा जुलाईमा पनि असाधारण गर्मी देखिएको छ । देशका धेरै भाग बाढीको चपेटामा परेका छन् । वैज्ञानिकहरुले यो ग्लोबल वार्मिङको परिणाम भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तन हाम्रो अस्तित्वका लागि चुनौती बनेको बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com