प्रेमको निहुँमा यातना पाएकी मीना यादव भन्छिन्–पापालाई कारबाही नहोस्


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

असारको बेला रोपार्इंको बेला हो । बिहान म पनि रोपाईंमा गएकी थिएँ । दिउँसो मलाई घर काम गर्न अह्राएर बुवा र आमा खेतमा जानुभयो । दाइ पसलतिर थियो । मैले बाख्रालाई चराउन घरअगाडि डोर्दै थिएँ । दिनेश लोध गाउँ घुम्दै हाम्रोमा आएछन् । मैले नदेख्दै दाइले देखेर पापालाई खबर गर्‍यो ।

त्यसपछि पापा खेतबाट गाली गर्दै आउनुभयो । केटा भाग्न खोज्यो । उसको उहाँहरुले समातेपछि मलाई मन पराउछु भनेछ । त्यसपछि केटालाई हिर्काउनुभयो । मेरो गल्ती थिएन । मैले तिनलाई बोलाएकी पनि थिइनँ । केटो आफै आएको हो । मैले देख्दा बोल्थे । चिनेकी थिएँ, त्यत्ति हो । अरु सम्बन्ध थिएन ।

याे पनि पढ्नुहाेस् –

प्रेम सम्बन्ध भएको आरोपमा निर्घात कुटिए युवायुवती

मलाई के हो भने सोध्नुभयो । केही होइन भन्दा पनि पत्याउनु भएन । मलाई पनि हिर्काउनुभयो । त्यसमा दादा, पापा, ठूलापापालगायत को को पनि थपिनु भयो । लगातार कुटाइँ खाएँ । कसैले छुट्टाएन । सबैले मलाई दोष दिए । मेरो विहे भैसकेको थियो । गौना गएकी थिइन् ।

घरकालाई अब घरबार हुन्न भन्ने चिन्ता भयो होला । त्यसैले कुट्नुभयो । केहीबेरमा पुलिस आएर लग्यो । पछि केटाले मेरो बिहेका लागि १ लाख दिने भएपछि पुलिसले छोडिदियो । मलाई केके भयो अब बताउन चाहन्न ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरा कारण मेरा पापा र आफन्तलाई थुनाउन पनि चाहन्न । कसैलाई कारबाही गराउन चाहन्न । म घरमै बस्न चाहन्छु । मेरो मात्रै होइन मेरो परिवारको सवाल छ । मलाई बिहे गरेको घरकाले लैजान्न भनिसके । अर्को ठाउँमा केटो खोज्नुभएको छ । आइतबार आउने कुरा छ । पापा ममी घरमा बस्नुहुनेछ । म बिहे गरेर जान चाहन्छु । घटना साम्य भएको थियो । फेसबुकका कारण फेरि बाहिर आयो । यो घटना अब बाहिर नजाओस् ।
–मीना यादवसित कान्तिपुरकर्मी अमृता अनमोलले गरेको कुराकानीको अंश

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com