म्याग्दीमा नेपालमै पहिलो रामायण पार्क बन्ने


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

बेनी (म्याग्दी), ६ साउन । बेनी नगरपालिकालाई नेपालकै नमूना नगरपालिका बनाउने अभियानअन्तर्गत म्याग्दीको बेनी नगरपालिकामा रामायण पार्क बनाई रावणको पनि मूर्ति राखिने भएको छ ।

रामायणमा बहुचर्चित खलपात्रका रुपमा चिनिएका रावणको जन्मस्थान पौलस्त्य पुलहाश्रम क्षेत्रमा सो पार्क बनाइने भएको हो । रामायण पार्क निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्ष ०७४÷७५ का लागि नगर सभाबाट स्वीकृत गरिएको बजेटमा रु १० लाख विनियोजन गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न रामायण पार्क बनाइने नगरपालिकाले जनाएको छ ।

नेपालकै पहिलो र नयाँ तथा बहुचर्चित योजनाका रुपमा समेत चिनिएको पार्क बनाउन वडा नम्बर ६, ७ र ८ भित्र पर्ने बराहपाखो र आपारुख सामुदायिक वनअन्तर्गत हुलाकचोकबाट अर्थुङे जाने पुरानो खानेपानीको धारा रहेको स्थान प्रस्ताव गरिएको छ । प्रस्ताव गरिएको स्थानको स्थलगत अनुगमन तथा आवश्यक पूर्वाधार विस्तारका लागि प्रक्रिया अगाडि बढाउने नगरपालिकाले जनाएको छ ।

आन्तरिक तथा भारत र श्रीलंकाका हिन्दू धर्माबलम्बीलाई आकर्षित गर्न पार्कको अवधारणा ल्याइएको बेनी नगरपालिकाका कार्यकारी अधिकृत विश्वमित्र कुइँकेलले बताउनुभयो ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

“धार्मिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ, बजेटअनुसार काम अगाडि बढ्छ”, उहाँले भन्नुभयो । बेनी नगरपालिका–५ पुलाचौरको पुलाहा आश्रम लंकाका राजा रावणको जन्मस्थान मानिन्छ । श्रीमद्भागवत, मत्स्य पुराण लगायतका ग्रन्थमा समेत पौलस्त्य क्षेत्रको वर्णन गरिएको म्याग्दीका पं नीलकण्ठ आचार्यले बताउनुभयो ।

पौलस्त्य ऋषिको तपोभूमिसमेत रहेको पुलाहाआश्रमको प्रवेशद्वारका रुपमा पार्कलाई विकास गर्ने योजना रहेको छ । विश्वका हिन्दू धर्मावलम्बीका पाँच ठूला धार्मिकस्थलमध्ये पुलाहा आश्रमसमेत पर्ने भएपनि प्रचारप्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको छ ।

पुलाहाआश्रम क्षेत्र विकास कोषले महायज्ञमार्फत मन्दिरको निर्माण गरेको भएपनि थप पूर्वाधारको अभाव देखिएको अवस्थामा रामायण पार्कले हिन्दू धर्मावलम्बीलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले नगर क्षेत्रलाई नमूना बनाउने बताउनुभयो । उहाँले नगरपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको भ्रमण लम्ब्याउने गरी पूर्वाधार निर्माणलाई प्राथमिकता दिइनेछ भन्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com