साइनोसाइटिस (पिनास) बाट जोगिने उपाय


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

सरस्वती कटुवाल

–गर्मी मौसममा मानिसहरू पानीमा रुझ्ने, चर्को घाममा हिँड्ने, घामबाट हिँडेर तुरुन्त चिसोमा बस्ने, पसिना नओभाउँदै स्नान गर्ने, चिसो पेय पदार्थ पिउने आदि काम गर्छन् ।

–यस्ता क्रियाकलापले गर्दा सर्दी लाग्ने, ज्वरो आउने, नाकबाट पानी बग्ने, टाउको दुख्ने, आँखा रातो हुने, पटक–पटक हाच्छिउँ आउने, दुर्गन्धयुक्त कफ तथा श्वास निस्कने आदि हुन्छ जुन साइनसको लक्षण हो र यो रोगले लामो समयसम्म सताउँछ ।

–साइनसबाट बच्न धूलो, धूवाँ एवं बढी घामपछि चिसोबाट जोगिनुपर्छ ।

–मैदाका परिकार, मसलेदार पिरो खाना, फास्टफुड (तयारी भोजन…), चिसो पेयपदार्थ (कोल्ड ड्रिङ्क), चिया, कफी, तारेको, धूम्रपान, नशालु पेयपदार्थ यो रोगका लागि निषेध छन् ।

–यो रोगले यदि दीर्घकालदेखि सताएको छ भने मेरुदण्ड, पेट र अनुहारमा बिहान शुद्ध तेलले मालिस गर्ने । तीन दिनसम्म कागती र मह मनतातो पानीमा मिसाएर दिनहुँ २ घन्टाको अन्तरमा पिउने । समय–समयमा सुप खाने । मौसमअनुसारका फलफूल दिने, तीन दिनपछि एक हप्तासम्म हल्का भोजन दिने अर्थात् चोकरयुक्त खाना, मौसमअनुरूपको तरकारी दिने अनि त्यसको हप्तामा एकदिन उपवास बस्ने । कागती, पानी, मह, सुप, फलफूल आदि खाने क्रममा एनिमा दिने ।

–सूर्यभेदी, नाडीशोधन, भस्त्रिका, प्रणव प्राणायाम, सूर्य नमस्कार, सर्वाङ्गासन, मत्स्यासन आदि व्यायाम गरी जलनेती तथा रबरनेती लिँदा अत्यन्त फाइदा हुन्छ ।

–तुलसी पानी, गुर्जा पानी तथा अदुवाको रसमा मह मिसाएर खाने । तुलसी तथा अदुवाको रसमा गोलमरिच र मिस्री मिसाएर दिनमा २–३ पटक पिउने । राति सुत्नुअघि नाकमा २–२ थोपा शुद्ध गाईको घिउ वा बदाम रोगन तेल हालेर सुत्ने ।
रीता कार्की, योगगुरु
हेल्दी एण्ड फ्रेस जीवन

–चाँडै सुत्ने तथा चाँडै उठ्ने बानी स्वास्थ्यका दृष्टिले अत्यन्तै लाभदायक हुन्छ । भनिन्छ–सुन्दर बिहानीले दिनलाई नै सुन्दर र फ्रेस बनाइदिन्छ । राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानीले मानिस स्वस्थ हुन्छ ।

–बिहान कम्तीमा ३० मिनेट योग गर्नाले शरीर स्वस्थ रहन्छ । योग नियमित गर्नु आवश्यक हुन्छ । योगले रोग टाढा भाग्छ ।

–दैनिक चिसो पानीले नुहाउँदा राति मीठो निद्रा पर्छ । दैनिक अफिस जाने मानिसले चिसो पानीले नुहाउँदा उसको दैनिकी नै ताजा हुन्छ । चिसो पानीले नुहाउनाले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि हुन्छ ।

–खानासँग नियमित रूपमा दही खाए अनुहारको चमक कायम रहने मात्र होइन अधिकांश रोगको उपचार पनि हुन्छ । नियमित दही खानाले धेरै प्रकारका तनाबबाट पनि मुक्ति मिल्छ ।

–लामो समयसम्म बस्नु पनि राम्रो होइन । यदि आठ घन्टा लामो समय बसेर काम गर्नु छ भने टाउकोमा असर पर्छ । त्यसैले समय–समयमा उठेर दुई–चार पाइला हिँड्नु राम्रो हो ।

–हेल्दी र फ्रेस शरीरका लागि साथी बनाउनु पनि आवश्यक हुन्छ । कामले गर्दा मानिसमा स्ट्रेसको मात्र बढ्नु स्वाभाविक हो । यस्तो बेलामा आफ्नो मिल्ने साथीसँग कुरा सेयर गर्दा फ्रेस अनुभूति हुन्छ ।

–कम खाने र बढी पिउने मानिस स्वस्थ रहन सक्छ । चिकित्सकहरूका अनुसार धेरै खाना खानु बेफाइदाजनक छ । दैनिक खानामा बढी लिक्विड फुड हुनु फाइदाजनक हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com