कुवेतमा आममाफी पाउने एक मात्रै नेपाली
प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

कुवेतले १२ सय ७ जना कैदीलाई आममाफी दिएकोमा एक जना मात्रै नेपाली परेको छ ।
कुवेतस्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेमा लागु औषध मुद्दामा चार वर्ष जेल सजाय पाएका सुजेन्द्र थापा रहेका छन् । ‘कुवेती निकायबाट औपचारिक सुची आएको छैन । आममाफी पाउने सुजेन्द्र थापा मात्रै रहेको जानकारी पाएका छौं,’ राजदूत यज्ञबहादुर हमालले वताए ।
दूतावासले जेल सजाय पाएका ६१ जनालाई माफी दिनको लागि कुवेत सरकारलाई सुचीसहित अनुरोध गरेको थियो ।