गौरी जोशीको उमेदवारी मान्यता नदिने बदनियतपूर्ण कोशिस


प्रकाशित मिति : श्रावण ६, २०७४ शुक्रबार

-सञ्जय थापा

एनआरएन अमेरिकाको निर्वाचन नजिकिदै जाँदा एउटा अनौठो बखेडा सिर्जना गर्ने कोशिस गरिंदै छ ।  संसारको सवै भन्दा प्रजातान्त्रिक मुलुक अमेरिकामा बसेर विधानका केहि प्रावधानहरुको आफु खुसि व्याख्या गर्दै एनआरएन अमेरिकाको अध्यक्षमा उमेदवारी दिएर विजय निकट पुगेका गौरी जोशीको उमेदवारीनै रद्द गराउने षड्यन्त्र अहिले चलेको छ  ।  यो कोशिस अत्यन्त निन्दनीय मात्रै हैन विधि विपरित पनि छ , त्यो किन भन्ने बुझ्न निम्न कुराहरु काफी छन :

१. एनआरएनका सवै सदस्यहरुसंग चुन्न चुनिन पाउने अधिकार छ र त्यो गौरी जोशीको नहुने कुरै भएन ।

२. जुन विधानमा उल्लेखित ” अध्यक्ष हुन एनआरएन एनसिसीमा एक कार्यकाल कार्यसमितिमा बसेर काम गरिसकेको हुनुपर्ने ” भन्ने प्रावधानको हवाला दिइएको छ , त्यो पनि आफैंमा दुष्प्रचार सिवाय केहि हुनै सक्दैन किनकि एनआरएन एनसिसि युएसए भनेको २००१ मा दर्ता भएको Neplese American Council Inc. ( अर्थात NAC) भन्ने सँस्थाको परिवर्तित नाम मात्रै हो र त्यो सँस्थाको कार्यकारिणीमा रहेर गौरी जोशीले काम गरिसकेको विषय त दस्तावेजले नै बोल्छ ।

३. कुनै सँस्थाको नाम सँस्थाको आवश्यकताले परिवर्तन वा कसैसंग समायोजन भयो भन्दैमा त्यसको इतिहासनै मेटन मिल्छ ? अनि मिल्दैन भने आफ्नो सँस्थाकै कार्यसमितिमा रहीसकेकालाइ कसरि कार्य समितिमा नरहेको भन्दै उमेदवार बन्न बाट रोक्न मिल्छ ? किमार्थ मिल्दैन !

त्यसैले अनावश्यक कुतर्क गरेर निर्वाचनमा होमिएको समाजको ध्यान मोडेर आफ्नो-आफ्नो स्वार्थ सिद्ध गर्ने काम बन्द गरौँ ।  निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गर्ने , आफ्नो-आफ्नो एजेन्डाको प्रचार गर्ने , विजित वा पराजित जे भएपनि समाज सेवा गरिरहने प्रतिवद्धता गर्ने काम छोडेर यो अनावश्यक खेतीमा लाग्न बन्द गर्दानै सवैको हित होला ।  समयमै चेतना भया !


थापा एनआरएन अमेरिकाका बोर्ड सदस्यका उम्मेदवार हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com