यातायातका प्रमुख बालबाल बचे, सेवाग्राहीले गेट भत्काए (भिडियो)


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

मिलन लिम्बु

मंगलबार विहान ११ बजे एबीसी न्यूजको टीम यातायात व्यवस्था कार्यालय रवारी चालक अनुमति पत्र वितरण केन्द्र कागमतीको कार्यालय एकान्तकुना पुगेको थियो ।

हाम्रो टीम एकान्तकुना पुग्दा मुल गेटभन्दा बाहिर सेवाग्राहीको भीड थियो । सेवाग्राही सेवा नपाएर आक्रोसित थिए । भित्रबाट गेट बन्द गरिएकाले सेवाग्रहरीले प्रवेश पाएनन् । तर, आन्दोलित भइसकेका कारण कार्यालयको केही लागेन । अन्नत गेट खोलियो । गेट खोलिएपछि सेवाग्रही कार्यालय प्रमुखलाई भेट्न दौडिए ।

बल्ल तल्ल पहिलो गेट छिचोलेका सेवाग्रहरीलाई कार्यालय भवनको पहिलो गेटमै रोकियो । प्रहरीले भीत्रबाट गेटमा ताला लगाइदियो । गेटमा ताला लागेपछि सेवाग्राही झनै आक्रोसित भए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हामीले आक्रोसित टीमसँग समस्याको चुरो पत्ता लगाउने कोसिस ग¥यौ । बल्ल पो थाहा भयो । महिनौ देखी सेवा नपाएका कारण सेवाग्राही आक्रोसित रहेछन् । सरबर विग्रेको कारण देखाउँदै कार्यालयले तीन महिना अगाडी ट्रायल दिएकालाई पनि सवारी चालक अनुमति पत्र दिएका रहेनछ ।

कार्यालय प्रमुखलाई भेट्न अघि बढेका सेवाग्राहीको आक्रोस झनै बढ्यो । आक्रोसित सेवाग्राहीले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र विरण केन्द्रको कार्यालय रहेको भवनको फलामे गेट नै भत्काइदिए ।

गेट भत्किएपछि केही बेर खैलाबैला मच्चियो । तर, सेवाग्राहीको आक्रोस मथ्थर हुन सकेन । आक्रोसित सेवाग्राही तेस्रो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षा जाने भन्दै उकालो लागे । सेवाग्राही र प्रहरीबीच कार्यालय प्रमुखको कार्यकक्ष अगाडी झम्टाझम्टी चलिनै रहयो ।

हाम्रो टीम कार्यालय प्रमुख तेजनारायण यादवलाई भेट्न अगाडी बढ्यो । कार्यालय प्रमुखको कार्यकक्षमा छलफल चलिरहेको थियो । छलफलकैबीच हामीले सेवाग्राहीले किन समस्या भोग्नु प¥यो भनेर सोधेका थियो । सरल, जवाफ थियो । सरवर समस्या ।

यातायात व्यवस्था विभाग बागमती अञ्चल कार्यालयका प्रमुखले सबै समस्या यातायात व्यवस्था विभागले समाधान गर्नु पर्ने बताए । त्यसपछि हाम्रो टीमा बाहिरियो । बाहिर सेवाग्राहीको धर्ना जारी थियो । त्यतिन्जल सम्ममा प्रहरीको थप टोली पनि आइपुगेको थियो । टोलीको एक सदस्यले हामीलाई दुरव्यवहार नै गरे । लाग्थो, ती प्रहरी सुरक्षा प्रदान गर्न भन्दा पनि मिडियालाई गाली गर्न आएका थिए ।

कुराकानीपछि हामी आक्रोसित सेवाग्राही सहित फेरी तल्लो तला झर्यौ । भर्याङबाट ओर्लने क्रममा आक्रोसित सेवाग्राहीले नारावाजी नै गरे ।

सेवाग्राही तल भरेपछि कार्यालय प्रमुख तेजनारायण यादव पनि तल झर्न बाध्य भए । भत्किएको गेटसम्म आएका प्रमुख यादवले केहीबेर सेवाग्राहीलाई थुमथुम्याउने प्रयत्न गरे ।

कार्यालय प्रमुखले आश्वाशन दिएपछि सेवाग्राही केही मथ्थर भए । त्यपछि हाम्रो टीम यातायात व्यवस्था विभागको प्रतिकृया लिन नयाँ बानेश्वर तिर लाग्यो । नयाँ बानेश्वरमा रहेको यातायात व्यवस्था विभागमा महानिर्देशन रुपनारायण भट्टराई भेटिए । उनले पनि उही सरवर समस्याकै जवाफ दिए ।

यातायता व्यवस्था विभागले सवारी चालक अनुमति पत्र विरणमा सहजता ल्याउने भन्दै अनलाइन दर्ता र स्मार्ट कार्ड वितरण सुरु गरेको धेरै भएको छैन । अनलाइन प्रकृया सुरु भएपछि मात्र अनलाइन प्रणालीको सरवरमा ५० पटक भन्दा धेरै समस्या आइसकेको छ । आम दर्शक र पाठकलाई यो पनि जानकारी होस, भारतीय कम्पनीसँग यातायात व्यवस्था विभागले सवरको सेवा लिएको छ । यसरी, सरवरमा बारम्बार समस्या उत्पन्न हुँदा आम सेवाग्राहीले सवारी चालक अनुमतिपत्र लिन ठूलै समस्या झेल्नु परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com