विश्व शान्तिको कामना गर्दै अमेरिकामा शंखनाद


प्रकाशित मिति : श्रावण ४, २०७४ बुधबार

विश्व शान्तिको कामना गर्दै अमेरिकास्थित मेरिल्याण्डको बाल्टिमोरमा हिन्दु परम्परा अनुसारको स्वस्तिवाचन तथा शंखध्वनी बजाइएको छ । बाल्टिमोर स्थानिय सरकारको आव्हानमा स्थानिय संघ सस्थाले कार्यक्रममा सहभागिता जनाएका थिए ।

गोल्डस्टार खजिरखानको प्रमुख आतित्यथामा सम्पन्न कार्यक्रममा नेपाली एवंं हिन्दु समुदायको प्रतिनित्व गर्दै ज्योतिष मधुप्रसाद गौलीले स्वस्ति वाचन गरेका थिए ।

कार्यक्रममा बाल्टिमोर काउन्टी मानव सम्वन्ध परिषद, महिला परिषद, अमिगोस अफ बाल्टिमोर काउन्टी, इस्लामिक सोसाइटी अफ बाल्टिमोर, बाल्टिमोर यहुदी समाज, ब्रिज मेरिल्याण्ड र अन्य धर्ममा आस्था राख्नेहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

सोही अवसरमा बाल्टिमोर काउन्टीका प्रमुख केविन कोमजेनले जुलाई १२ लाई एकता दिवशका रुपमा घोषणा गरेका छन् । उनले सबै समुदायको धर्म सस्कृतिको सम्मान गर्दै एकता दिवशको घोषणा गरिएको जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि कान्टीप्रमुख कोमजेनले आप्रवासी संरक्षण, विविधता र समानको लागि कार्यकारी आदेश जारी गरिसकेको छन् । कार्यक्रममा नेपाली समुदायको तर्फबाट ह्यारी भण्डारीले कार्यक्रमको संयोजन गरेका थिए ।

कार्यक्रम बारे जानकारी दिँदै ह्यारीले खसोखाससंग भने, – ‘विश्वसमुदाय सामु नेपाल र नेपालको सस्कृतिक झल्कने कार्यक्रम गर्ने हाम्रो उदेश्य थियो, त्यो पुरा भएको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com