श्रावण ३, २०७४ दार्जिलिङमा जारी गोर्खाल्याण्ड आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागेर थप एक जनाको मृत्यु भएको छ । मिरिक क्षेत्रमा तृणमूल कांग्रेस र गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ताको झडपमा प्रहरीले चलाएको गोली लागेर स्थानिय आशिष तामाङको मृत्यु भएको हो । उनी मोर्चाका कार्यकर्ता हुन । सामान्य विवादले उग्ररुप लिएपछि हिजो अपरान्ह झडप भएको थियो । तामाङको मृत्यु भएको मोर्चाले आज पुष्टि गरेको छ । गएराति देखि नै मिरिकको स्थिति तनावपूर्ण बनेको छ । गोर्खाल्याण्ड आन्दोलनको क्रममा एक महिना भित्र मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।