जेल जीवनले जुराएको जोडी


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

श्रावण ३, २०७४
बन्दना सुबेदी ( श्रीमती गंगा श्रेष्ठ, केन्द्रिय कार्यकारी सदस्य तथा संयोजक प्रदेश नम्बर–४, नयां शक्ति पार्टी नेपाल )

नेताको श्रीमती हुनु भन्दा त बरु साधारण मान्छेको जीवनसाथी भएको भए सहज हुन्थ्यो होला, देखिए जस्तो हुदैन जीवन भन्दै कुराकानीको प्रारम्भमै बन्दनाले भनिन– एकै क्षेत्रमा हुंदा त झन महिलालाई असाध्यै गाह्रो, आफ्नो क्षमताको कुनै मुल्यांकन नै नहुने, सबै श्रीमानको कृपा र छत्रछांयामा भन्ने आरोप खेप्नुपर्ने । नयां शक्तिकै केन्द्रिय कार्यकारी समिती सदस्य बन्दना हाम्रो सामाजिक धरातल र चेतना का कारण महिलाको स्थान र भुमिका जटिल अनि फरक भएको बताउंछिन् ।

जनयुद्धताका आन्दोलनमा होमिएकी आमालाइ भेट्न जाने क्रममा गृहजिल्ला सिन्धुलीबाट गिरफ्तारमा परेकी बन्दाना ५ महिना जेल परिन् आमा, गंगा र श्रेष्ठ संगै । सोही क्रममा उनीहरुको देखादेख भयो । जेलबाट छुटेपछि उनी कलेज भर्ना भइन र बिद्यार्थी राजनितीमा होमिइन् । आन्दोलनमा होमिएर सबैजना मर्न तयार भएका बेला भावनाको के कुरा, बन्दनाले ति दिन स्मरण गर्दै भनिन– र पनि नारी–पुरुष एकअर्काका परिपुरक हुने प्राकृतिक नियमलाई निरन्तरता दिन साथ र सहयोगलाई नकार्न सकिदो रहेनछ । उहां जेलभित्र म बाहिर, राजनैतिक पारिवारिक पृष्टभुमीबाट आएकी हुने राजनितीलाई नजिकबाट बुझेकी मैले पनि त्योबेला उहांलाइ साथ नदिएको भए मेरो बुझाइ गलत ठहरिन्थ्यो । ५ बर्ष सम्बन्धमा रहेपछि ०५८ सालमा हाम्रो सिन्धुलीमै क्रान्तिकारी विवाह भयो ।

नेताको श्रीमती हुन सहज नभएको बताउने बन्दना घरायसी ब्यवहार आफु एक्लै चलाउंछिन् । श्रीमान देश र जनताका लागी समर्पित भएको बुझेरै उनले घरपरिवार, बच्चाको पढाइ, इष्टमित्र–आफन्त ब्यवश्थापनमा आफैं खटिन्छिन् । उनकी आमाले दिएको अंश परिचालन गरेर १५ बर्षिया छोराको पढाइ र परिवार खर्च धानिरहेकी बन्दनाले श्रीमानलाइ आर्थिक, सामाजिक र पारिवारिक भारबाट मुक्त गरेर बिशुद्ध राजनितीमा लाग्न उत्प्रेरित गर्दै आइरहेकी छिन् । राजनितीलाई सेवा भन्न रुचाउने बन्दनाको राजनिती बिशुद्धरुपमा सेवाभावमा समर्पित हुनुपर्छ भन्ने तर्क छ, अहिलेको राजनिती सेवा भन्दा पेशाका रुपमा बढी मौलाएकोमा उनलाइ दुखेसो छ । गंगा अत्यन्तै ब्यस्त हुन्छन् कयौं दिन भेटघाट हुदैन् त्यस्तो बेलामा उनलाई कति कुरा मनमा खट्किन्छ तर उनी श्रीमानको अभियान र दृढता आंकलन गरी तत्काल आफुलाइ सम्हाल्छिन् ।

सारा जिम्मेबारी आफु एक्लैले निभाउन पाउंदा उनलाइ आफैप्रति गर्व पनि महसुस हुन्छ, त्यसैले त श्रीमान देश र जनताका लागी पुर्ण रुपमा लाग्न सकेका छन् भनेर । बन्दनाको बुझाइमा नेपाली समाजमा महिलाका जिम्मेबारी बढी छन् तसर्थ जुनसुुकै क्षेत्रमा पनि पुरुष सफल हुन बेर लाग्दैन जति महिलालाइ चुनौती छ । सिन्धुलीका स्थानीय गंगा र बन्दनाको पेप्सीकोलामा डेरा छ । जिल्लामा भएका बखत बन्दना पार्टीकै काममा ब्यस्त हुन्छिन् भने काठमाण्डौं आएका बेला घरायसी कामै ज्यादा समय बित्छ । उदेश्यमा प्रतिबद्ध भएर लाग्ने श्रीमानको कलाले बन्दनालाइ निक्कै आकर्षित गरेको छ भने सबैलाइ आफु अनुकुल बनिदिए हुन्थ्यो भन्ने ( आफु जस्तै ) गंगाको बानी मनपर्दैन् । हिजो प्रेम प्रस्ताव राख्दा म उहांलाई नेता कै रुपमा बुझ्थें–बन्दनाले भनिन– अहिले पनि उहां नेता म कार्यकर्ता नै हुं भन्ने लाग्छ । उहांको श्रीमती हुनुको राम्रो पक्ष भनेको जनताका बिच स्थापित हुन सहज र कतिपय काम छिटो बन्ने हो ।

बन्दनाबारे गंगा
–राजनैतिक रुपमा सचेत, मानविय हिसाबले नारीमा हुनुपर्ने संवेदनायुक्त गुण, पारिवारिक हिसाबले असल श्रीमती र सक्षम आमाका रुपमा मैले बन्दनालाई बुझेको छु । श्रीमान–श्रीमती एउटै कमिटीमा रहेर काम गर्दा हाम्रो पुरुषप्रधान समाजमा निक्कै चुनौती सामाना गर्न पर्दोरहेछ यस्ता कुरा जीवनमा भइरहन्छन् भन्छु म तर उनी कति सहने भन्छिन् कहिलेकाही हाम्रो यसैमा कतभेद पनि हुन्छ तर उनी समग्रमा मेरो सुख–दुखको सहयात्री हुन्, मेरो प्रेरणा र भरोसा हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com