धादिङमा राजस्व संकलन बढ्यो


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

श्रावण ३, २०७४- जिल्लामा गत आर्थिक वर्षभन्दा ४६ प्रतिशत बढी राजस्व संकलन भएको छ । आव २०७३।७४ मा ३६ करोड ४७ लाख ८२ हजार ८ सय ६२ रुपैयाँ राजस्व संकलन भएको प्रमुख कोष तथा लेखा नियन्त्रक यज्ञप्रसाद ढकालले जानकारी दिए । यो गत आव भन्दा ४६.४२ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा २०७२।७३ मा २४ करोड ९१ लाख २६ हजार १ सय ४६ रुपैयाँ संकलन भएको थियो । आव २०७१/७२ मा भने १९ करोड ६९ लाख ८९ हजार ३ सय १५ राजस्व जम्मा भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी भूकम्प पुर्निर्माण कार्यक्रमको रकम फ्रिज भएको छ । चालु शीर्षकमा प्राप्त ११ अर्ब, ३५ करोड २१ लाख २९ हजार ५ सय ७८ रुपैयाँ २६ पैसामध्ये १ अर्ब, ३८  करोड, ४८ लाख १८ हजार ८ सय ४८ रुपैयाँ १६ पैसा (१४।८० प्रतिशत) रकम फ्रिज भएको छ । यसमध्ये १ अर्ब ३५ करोड रकम भूकम्प पुनर्निर्माणकै छ ।

पूँजीगत बजेटतर्फको ७० दशमलव ७६ प्रतिशत खर्च भई ५० करोड ३६ लाख ७५ हजार ८ सय ७६ रुपैयाँ अर्थात् २९ प्रतिशत फ्रिज भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com