गीत गाउँदै पढाइ खर्च


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

– रमेशचन्द्र अधिकारी

श्रावण ३, २०७४-

मर्ने कसैको रहर हुँदैन
तर नमरेको प्रहर हुँदैन

कलिला हातले रेटिएको सारंगीमा खिप्दै सडक पेटीमा लस्करै बसेका गन्धर्व बालबालिका दुई छाक खाना र पढाइ खर्च जुटाउन घोक्रो फुलाएर गाइरहेका भेटिए । आफ्नो अगाडि थापिएको रुमालमा श्रोताले जति पैसा राख्दै जान्थे, उति उत्साही हुँदै उनीहरू अझ निखारिएको स्वर निकालिरहन्थे ।
सदरमुकामको व्यस्त हुलाकटोलको अस्पताल मोडमा भेटिएका उनीहरू सडकमा आतेजाते बटुवाको ध्यान आफ्नो गीततर्फ तान्न ब्यग्र भेटिए । उनीहरूबीचका १२ वर्षीय सुमन गन्धर्व दैनिक यापनका साथै पढाइ खर्च जुटाउन झापादेखि धनकुटा आएका हुन् ।
उनीसँगै १४ वर्षीया दिदी रेजिना र ८ वर्षीय भाइ सुमित पनि साथै छन् । कलिला हातले सारंगी रेटदै घरदैलो गर्दै हिँडेका उनी वर्षभरि कपीकलम किन्ने खर्चको जोहोमा पूर्वी पहाडमा निस्किएका हुन् ।
सुमन झापाको केचनाकलस्थित लक्ष्मीप्रसाद देवकोटा माविमा ६ कक्षामा पढदै छन् । रेजिना १० र सुमित १ कक्षामा पढ्छन् । उनीहरू डुवाउ भएपछि तीन साता विद्यालय बन्द हुने मौका पारी पढाइ खर्चको जोहो गर्न यहाँसम्म आइपुगेको बताउँछन् । बाबु शंकरले रेटने पुरानो सारंगी अहिले सुमनको साथमा छ । बाबु भने रोजगारीका लागि भारत पसेको उनले बताए । बजार र आसपास गाउँबस्तीमा उनीहरू सारंगी रेटदै गीत सुनाउँछन् । दिनभरिमा मुस्किलले ३ देखि ४ सय रुपैयाँ कमाइ हुने उनले बताए । गीत गायनको माध्यमबाट पढाइ खर्च बटुल्दै हिँडेको सुमनले जानकारी दिए । ‘बुवाले सारंगी बजाउन सिकाउनुभयो,’ उनले भने, ‘अरू बेला बुवा आफैं बजाउनुहुन्थ्यो तर उहाँ घर नभएकाले मैले बोक्न पाएँ ।’
वर्षभरिमा किताब, कपी, कलम र विद्यालय खाजा खर्चका लागि सारंगीको भर पर्नुपरेको उनले सुनाए । उनी गीत गाउँदा आत्माविश्वाससाथ प्रस्तुत हुन्छन् । सारंगी बजाउन भने भर्खरै अभ्यस्त भएका हुन् रे । अरूभन्दा रेजिनाको स्वर निखारिएको छ । ‘घरैपिच्छे त गाउँदैनौं,’ उनले भनिन्, ‘केही घर बिराउँदै र चोकचोकमा गीत सुनाउँछौं ।’ सानो बालकले निकै आत्मविश्वाससाथ गाएको देख्दा बटुवा तथा सर्वसाधारणले केहीबेर उभिएर गीत सुन्ने र केही पैसा दिने गर्छन् ।
कचनकवल २ स्थित सुकुनादेवी, बनियानीमा घर भए पनि जग्गाजमिन नभएको तथा छोराछोरी पढाउने र बिहान बेलुकी झाक टार्नसमेत धौधौ परेको आमा सपनाले सुनाइन् । पढाइमा रुचि भए पनि कमाइ थोरै हुने भन्दै चिन्ता व्यक्त गरे । झापा, सुनसरी, मोरङलगायतमा उनहरूले सारंगीको भरमा गीत गाउँदै खर्च जुटाउँदै आएका छन् ।
‘जति पैसा दिए पनि हामी हात थाप्छौं,’ उनीहरूले भने, ‘इच्छाले दिएको पैसा लिन खुसी लाग्छ ।’ छोटो समयमा धेरै ठाउँ घुम्दै हिँडेको सुमनले बताए । उनले गाउने गीत धेरैजसो मायाप्रीति र इतिहासका गाथा हुन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

Source : Ekantipur

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com