सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न प्रधानमन्त्रीको निर्देशन


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

श्रावण १, २०७४- प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका सडकमा भएका खाल्डाखुल्डी १५ दिन भित्र पुर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।

सडक, खानेपानी, विद्युत आयोजना लगायत सरोकारवाला निकायका मन्त्री, मुख्यसचिव, सचिव, विभागीय प्रमुखलाई आज बोलाएर प्रधानमन्त्री देउवाले सडकका खाल्डाखुल्डी तत्काल पुर्न र ढल फुट्ने समस्या समाधान गर्न निर्देशन दिएका छन् ।

उपत्यकाभित्रका सडकको अवस्था तत्काल सुधार गर्न निर्देशन दिँदै प्रधानमन्त्री देउवाले त्यसको लागि थप बजेट चाहिए उपलब्ध गराउन सरकार तयार रहेको बताए ।

उनले सरोकारवाला निकायका प्रमुखहरुलाई तत्काल फिल्डमा खटिएर अनुगमन गर्न पनि निर्देशन दिए । राजधानीका सडकमा रहेका खाल्डाखुल्डीमा पानी जमेर  दुर्घटना बढ्दै जाँदा प्रधानमन्त्रीले यसबारे चासो व्यक्त गरेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काठमाडौं उपत्यकाको एकीकृत विकास आयोजनाको प्रस्ताव तयार गर्न समेत प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन् ।

गत शुक्रबार राजधानीको नेपालटारमा ढलले बगाउँदा कक्षा ३ मा अध्ययनरत विनिता फुयाँलको मृत्यु भएको थियो भने सामखुशीमा स्कुले बालिका सत्या सापकोटालाई ढलले बगाएपनि स्थानीयले सकुशल उद्धार गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com