१५ एसएसपी डीआईजीमा बढुवा, सर्वेन्द्र पहिलो नम्बरमा


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

नेपाल प्रहरीका १५ जना एसएसपीलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले एसएसपी सर्वेन्द्र खनालसहित १५ जनालाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

समितिका अनुसार सबैभन्दा बढी अंकसहित खनाललाई पहिलो नम्बरमा राखिएको छ । उनीपछि रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवाका लागि सिफारिस गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com