आवश्यकता


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

– जुवाडे जेठो

नेपाल भूमिले अक्सफोर्ड विश्वविद्यालय पढेको प्रधानमन्त्री नपाएकाले देशको दुर्दशा भएको रहेछ । यो देशलाई स्वर्ग बनाउने एक मात्र बाँकी उपाय हो, अक्सफोर्ड पढेको व्यक्तिलाई प्रधानमन्त्री बनाउनू । त्यसैले देहायको योग्यता पुगेका नेपाली नागरिकले यो सूचना जारी भएको मितिले ३० दिनभित्र प्रधानमन्त्री पदमा दरखास्त दिनुहोला ।

पद : प्रधानमन्त्री ।
उमेर : जति भए पनि फरक नपर्ने ।
योग्यता: अक्सफोर्ड विश्वविद्यालयमा एकपटक भर्ना भएको वा विश्वविद्यालयको क्यान्टिनमा काम गरेको वा अक्सफोर्डको छेउछाउ एकाध रात बिताएको वा जीवनको कुनै कालखण्डमा अक्सफोर्ड डिक्सनरी झोलामा बोकेर हिँडेको ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com