बस र ट्रक आपसमा ठोक्किदा दुवै गाडी चालकसहित ३१ घाइते


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

– हरिहरसिंह राठौर  

असार ३१, २०७४- पृथ्वी राजमार्ग अन्र्तगत धादिङको जोगीमारा स्थित खटौटीमा यात्रुबस र ट्रक आपसमा ठोक्किदा दुवै गाडीका चालकसहित ३१ जना घाइते भएका छन् ।

महोत्तरीबाट काठमाडाैं आउँदै गरेको ना५ख ५०२ नम्बरको यात्रुबस र विपरित दिशा तर्फबाट जाँदै गरेको ना६ख १२४ नम्बरको ट्रक धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ स्थित खटौटी पुल नजिक जुधेको हो ।

शनिबार बिहान करिब साढे ६ बजे भएको दुर्घटनामा बस र ट्रक दुवै सवारीका चालकसहित ३१ जना घाइते भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गम्भीर घाइते ३ जनालाई उपचारको लागि काठमाडौं लगिएको छ भने अन्य घाइतेहरुको मलेखु स्थित सामुदायिक अस्पताल र गजुरी अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश बसमा सवार यात्रु छन् ।

दुर्घटनापछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग ३ घण्टापछि एकतर्फी खुलेको छ । लोड ट्रक भएकोले साइड लगाउन नसकिएकोले राजमार्ग खुलाउन समस्या भएको प्रहरी निरिक्षक  सिंहले बताए । दुवै सवारीका चालक घाइते भएकोले दुर्घटनाका कारण खुलेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com