राजधानीका केही स्थानमा तीनदेखि चार घन्टा विद्युत् कटौती हुने


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

असार ३१, २०७४- सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले नयाँ चाबहिल क्षेत्रमा आज र भोलि राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रकाअनुसार सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाको पाइप जडान कार्य गर्नुपर्ने भएकाले विद्युत्भार कटौती गर्न लागिएको हो ।

केन्द्रका अनुसार नयाँ चाबहिल सव स्टेशनबाट वितरण गरिएको सुन्दरीजल फिडरअन्तर्गत पर्ने गोपीकृष्ण हल, सरस्वती नगरलगायतका क्षेत्रमा दैनिक दुईदेखि तीन घण्टा विद्युत् कटौती हुनेछ ।

यस्तै राजधानीका अन्य क्षेत्रमा समेत मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तारका कारण सामान्य रुपमा अवरोध आउनसक्ने प्राधिकरणले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै काठमाडौँको बानेश्वर सव स्टेशनको क्षमता वृद्धि गर्ने कार्य जारी रहेका कारण बागमती, धोवीखोला क्षेत्र, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, शङखमूल क्षेत्र, बानेश्वर कोटेश्वर र इमाडोल क्षेत्रमा समेत फरक–फरक समयमा दैनिक चार घण्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

पुग्दो मात्रामा विद्युत् उपलब्ध भइरहेको भए पनि सव स्टेशनको क्षमता वृद्धि तथा प्रसारण लाइन सुधार गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्नुपरेको हो । रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com