भविष्यमा असमझदारी नदोहोरियोस् : सेनापति क्षत्री


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

– नविन पोखरेल

असार ३०, २०७४- नेपाली सेनाले आफूलाई सैनिक सहयोग निरन्तर गरिदिन बेलायती सेनासमक्ष आग्रह गरेको छ । बेलायतको ६ दिने सद्भावना भ्रमणका क्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले बेलायती उच्च सैनिक अधिकारीहरुसमक्ष उक्त आग्रह गरेका हुन् ।

‘बेलायती र नेपाली सेनाबीच सम्बन्ध अझ प्रगाढ तुल्याउन विभिन्न विषयमा कुराकानी भयो’, क्षेत्रीले भने, ‘बेलायतले नेपाली सेनालाई दिएको सैनिक सहयोगबारे समेत विचार विमर्श भयो । नेपाली सेनाले बेलायतमा विशेष तालिम गरिरहेकामा त्यसलाई निरन्तरता दिनेबारे छलफल भयो भने बेलायती सेना नेपाल गएर नेपाली सेनासंग निरन्तर तालिम लिने सम्वन्धमा पनि कुरा भएको छ ।’

द्वन्द्व कालमा बेलायती सेनाले नेपाली सेनालाई गरेको सहयोगबारे समेत छलफल भएको प्रधानसेनापतिले बताए । ‘बेलायती सेनाले हामीलाई तालिमको कोटामा अभिवृद्धि गर्दै आएकोमा यसलाई निरन्तरता दिने सवालमा पनि कुरा भयो’, क्षत्रीले भने, ‘खासगरि यो गुडवील भिजिट हो । दुई देशबीचको ऐतिहासिक सम्वन्धलाई निरन्तरता दिने सिलसिलामा भ्रमण उपलब्धिमुलक भएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुई सेनाबीच सम्वन्ध अभिवृद्धि तथा बेलायती सेना र नेपाली सेनाबीच सम्बन्धलाई थप मजबुत बनाउने दिशामा कुराकानी भएको पनि प्रधानसेनापतिले जनाएका छन् । गत वर्ष नै भ्रमणका लागि बेलायतले निम्ता दिएपनि देशको विद्यमान परिस्थितिले स्वीकार गर्न नसकेको उनले बताए ।

भूकम्पका बेला तीनवटा चिनुक हेलिकप्टर नेपालमा उड्न नदिइ फर्काइएको र बहालवाला कर्णेल कुमार लामालाई बेलायतले मुद्दा हालेपछि बेलायत र नेपाली सेनाको सम्वन्ध चिसिएको जिज्ञासामा क्षत्रीले केही असमझदारी भएको स्वीकारे । ‘भविष्यमा यस्तो घट्ना नदोहोरियोस् भन्ने हो । अहिलेको उच्च भ्रमणले असझदारीलाई सम्वोधन गर्नेछ’, उनले भने ।

संयुक्त अधिराज्य बेलायतका सेनाध्यक्ष निकोलस प्याट्रिक कार्टरको औपचारिक निमन्त्रणामा आइतबार बेलायत आएका प्रधानसेनापतिले बेलायती उच्च सैन्य अधिकारीहरुसंग भेटघाट गरेका थिए । उनले ब्रिगेड अफ गोर्खाज मुख्यालय, हाउसहोल्ड क्याभल्री माउन्टेड रेजिमेन्ट (एचसीएमआर) सैन्य शिविर अवलोकन गर्नुका साथै चिफ अफ दि डिफेन्स स्टाफ एयर चिफ मार्सल सर स्टुआर्ट विलियम पिच र चिफ अफ दि जनरल स्टाफ जनरल सरनिकोलस प्याट्रिक निक कार्टर एवं रक्षा मन्त्रालयका पदाधिकारीहरुसंग समेत भेटवार्ता गरेका थिए ।

गोर्खा बिग्रेडका उच्च सैनिक अधिकारीसंग छुट्टाछुट्टै भेटवार्ता गरी बेलायती सेनामा भइरहेको आधुनिकीकरणसम्बन्धी जानकारी लिनुका साथै द्विपक्षीय पारस्परिक हितका बारेमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रधानसेनापति क्षत्रीको भ्रमणले नेपाल र बेलायतबीचको २०० वर्षभन्दा पुरानो ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुनाका साथै दुवै देशका सेनाबीचको आपसी सहयोग तथा सद्भाव अरु मजबुत हुने विश्वास नेपाली सेनाले लिएको छ ।

सेनापति क्षत्री शनिबार स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com