बजारमा प्लास्टिकको चामल (Video)


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको छ । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए ।

प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर खाने क्रममा चिसो भएको भात भुइँमा झर्दा रबरझै उफ्रिएको भन्दै उनीहरूले यसबारे बुझ्न काठमाडौं प्रहरी परिसरमा खबर गरेका थिए । परिसरका प्रमुख एसएसपी छविलाल जोशीले चामलबारे परीक्षण भइरहेको बताए ।

शेरचनले प्लास्टिकको चामल ल्याएर सक्कली चामलमा निश्चित परिमाणमा मिसाएर बिक्री गर्ने गरेको आशंका प्रहरीले गरेको छ । तर प्रहरीले छापा मार्दा उनले मिसावट गरेर बेच्ने भनिएको चामल गोदाममा थिएन ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com