मृगौलाको नि:शुल्क डायलासिस

प्रकाशित मिति : असार २८, २०७४ बुधबार

– शिव पुरी

असार २८, २०७४- मृगौला रोगीले चर्को शुल्क तिरेर डायलासिसका लागि अब निजी अस्पतालमा धाउनु नपर्ने भएको छ । भरतपुर अस्पतालले मृगौला उपचारका लागि डायलासिस र न्युरो सर्जरी सेवा सुरु गर्ने तयारी थालेको छ । आर्थिक अवस्था कमजोर भएकाहरूले यो सेवाबाट बढी लाभ लिन पाउनेछन् ।
अस्पतालले पहिलो पटक मृगौला बिग्रेपछि रगत सफा गर्ने डायलासिस सेवा दिन लागेको हो । चर्को शुल्क तिरेर निजीमा जाने बिरामीले अब सरकारीमै नि:शुल्क सेवा पाउने अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले बताए । ‘मृगौलाको उपचारका लागि १२ वटा डायलासिस मेसिन ल्याइएको छ,’ उनले भने, ‘आर्थिक अभावले
कुनै पनि बिरामीको मृत्यु नहोस् भन्नका लागि निशु:ल्क सेवा दिन लागिएको हो ।’
मृगौला रोगका बिरामीको
किड्नी फेल भएपछि डायलासिस सेवा लिन जरुरी छ । डायलासिस गरिएन भने बिरामी नबाँच्ने चिकित्सक बताउँछन् । यहाँका दुई निजी मेडिकल कलेजमा मात्र मृगौलाका बिरामीको डायलासिस गरिन्छ । सरकारीमा मेसिन जडानको काम सुरु छ । ‘यो सेवा चाँडै सुरु गर्छौं,’ अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.रुद्र मरासिनीले भने, ‘साउनभित्र सबै मेसिन जडान गरेर सेवा सुचारु गर्ने योजना छ ।’ देशभरका सरकारी अस्पतालको सेवा खस्कँदो भएको बेला यहाँ भने एक पछि अर्को सेवा थप्दै लगिएको छ ।
अस्पतालले न्युरो सर्जरी सेवा सुरु गर्ने तयारी गरेको छ । यसका लागि भौतिक पूर्वाधार तयार गरिएको छ । अस्पतालले दक्ष चिकित्सक नियुक्त गरी न्युरो सेवा सुरु गर्न लागिएको जनायो । यस अघि मेडिकल कलेजमा मात्र न्युरो सर्जरी सेवा दिइन्थ्यो । सरकारीमा पर्याप्त सेवा नहुँदा सर्वसाधारणले महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो । स्वास्थ्य र अर्थ मन्त्रालय मार्फत छुट्टै बजेट निकासा गरी मृगौला र न्युरो सम्बन्धी नयाँ उपकरण ल्याइएको हो ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com