एनआरएन मेरिल्याण्ड च्याप्टर सभापतिमा श्रेष्ठ निर्विरोध


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

-अनिल अधिकारी

एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरको सभापतिमा दुर्गाप्रसाद श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले तोकेको समयतालिका भित्र कसैको पनि उम्मेदवारी नपरेपछि श्रेष्ठ निर्विरोध भएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार शनिवार राती १२ बजे सम्म उम्मेदवारहरुलाई उम्मदेवारी मनोनयन दाखिला गर्ने समय छुट्याईएको थियो । निर्वाचित हुने सभापति मध्ये श्रेष्ठ पहिलो भएका छन् । यद्यपी अन्य च्याप्टरहरुमा तोकिएको कार्यतालिका अनुसारनै चुनाव हुनेछ ।

श्रेष्ठ निर्विरोध हुनुअघि सभापतिका आकाक्षीहरुका बिच सहमति भएको बुझिएको छ । उनि मेरिल्याण्ड राज्यमा रहेका बिभिन्न समाजिक संघसस्थाहरुको काममा समेत सक्रिय रहँदै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निर्विरोध भएका श्रेष्ठले खसोखाससंग भने – ‘आगामी दुई बर्षको कार्यकालमा मैले यस क्षेत्रमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुसंग परामर्श गरी सर्वोपरी हित हुने काम गर्नेछु ।’

श्रेष्ठले आम नेपालीहरुको समस्या समाधान गर्दै नेपालको बिभिन्न क्षेत्रमा सहयोग पुराउने ढंगले काम गर्ने जानकारी दिएका छन् । उनले सबैसंग परामर्श गरी काम गर्ने वाचा समेत गरेका छन् ।

सभापतिसंगै ११ सदस्यीय कार्यसमितिको अन्य पदाधिकारी र सदस्यहरुको लागि भने निर्वाचन हुने बुझिएको छ । अहिले अमेरिका भर एनआरएनको च्याप्टरको चुनाव हुँदैछ ।

नेपालको पर्वत जिल्लामा जन्मेका श्रेष्ठ बिगत १० बर्षदेखी बाल्टिमोर राज्यमा बसोबास गर्दै आएका छन् । पर्वत जिल्लाको पर्वत उद्योग बाणिज्य संघ लगायत अन्य सामाजिक क्षेत्रमा समेत काम गरेको अनुभव संगालेका श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य भएका थिए ।

श्रेष्ठ पर्वत मोदी काली समाज अमेरिकाको संस्थापक अध्यक्ष समेत हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com