बाँदर धपाउन १० लाख बजेट


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

– लालप्रसाद शर्मा
असार २८, २०७४- बाँदरले बालीनाली खाएर हैरान पारेको भन्दै प्रशासन, प्रहरी र न्यायालय गुहारेको समाचार नौलो हुन छाड्यो । यसअघिका स्थानीय निकायमा पेस हुने योजनामा बाँदर नियन्त्रण पनि हुन्थ्यो । भौतिक पूर्वाधार, सामाजिक क्षेत्रलगायत विकास निर्माणलाई प्राथमिकतामा राखेर स्थानीय तहले धमाधम बजेट विनियोजन गरिरहेका बेला रूपा गाउँपालिकाले भने आफ्नो क्षेत्रमा बाँदर प्रतिस्थापन गर्ने भन्दै बजेट छुट्याएको छ ।

गाउँपालिकावासीको मुख्य पेसा कृषि रहेको र पछिल्लो समय बाँदरको बिगबिगी बढेको भन्दै मंगलबार सम्पन्न पहिलो गाउँसभाले बाँदर धपाउन १० लाख रुपैयाँ बजेट छुट्याएको हो ।

‘बाँदरबाट सातवटै वडा नराम्रोसँग प्रभावित छन्,’ अध्यक्ष नवराज ओझाले भने, ‘पीडित किसानको मागअनुसार बजेट व्यवस्था गरेका हौं ।’ ओझाका अनुसार गाउँपालिकाभित्रका बाँदर समातेर राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा लैजाने योजनामा बजेट विनियोजन गरिएको हो । यसका लागि भारतबाट प्राविधिक झिकाउने गाउँपालिकाको तयारी छ । स्थानीयको मुख्य पेसा नै कृषि भएकाले यसको व्यवसायीकरण आवश्यक रहेको तर बाँदरबाट बर्सेनि कृषि उपज नष्ट हुने गरेकाले त्यसलाई रोक्न लागिएको उनले बताए । ‘गाउँपालिकाबाट सबै बाँदर प्रतिस्थापन गर्ने योजना हो,’ उनले भने, ‘सहजै बाँदर समाउने प्राविधिक भारतमा रहेछन् । त्यसैले ल्याउन लागेका हौं ।’

सडक, सिँचाइ, भवन, खानेपानीलगायत भौतिक पूर्वाधार, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सरसफाइ, पशुपालन, लैंगिक समानता, विद्युतीकरण, वैकल्पिक ऊर्जालगायत क्षेत्रलाई महत्त्व दिएर गाउँपालिकाले २७ करोड ३५ लाख ७६ हजार रुपैयाँको बजेट सार्वजनिक गर्‍यो । आन्तरिक राजस्व, साविकका गाविसबाट अघिल्लो वर्षको बचेको बजेट, सामान्यीकरण र ससर्त अनुदान तथा सामाजिक सुरक्षा अनुदानसहितको रकम बजेटमा समावेश छ । गाउँसभाले सम्पत्ति, घर बहाल, घरजग्गा रजिस्ट्रेसन, सवारी साधन कर, सेवा शुल्क, सेवा सिफारिसको दस्तुर, पर्यटन शुल्क, विज्ञापन, व्यवसाय कर, मालपोत, दण्ड जरिवाना, मनोरञ्जनलगायत राजस्व शीर्षक तोकेको छ । पोखरा–लेखनाथ महानगरपालिका र चार गाउँपालिका भएको कास्कीमा बजेट सार्वजनिक गर्ने रूपा पहिलो स्थानीय तह हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफूले सबै राजनीतिक दल, संघसंस्था, पूर्वजनप्रतिनिधिलगायत विज्ञसँग सल्लाह गरी बजेट ल्याएको भन्दै अध्यक्ष ओझाले साउन १ देखि नै कार्यान्वयनमा लगिने बताए । ‘प्राथमिकताका आधारमा विकास निर्माणका योजना सुरु गरी अनुगमनलाई पनि प्रभावकारी बनाइनेछ,’ उनले भने ।
रूपा ७ की कल्पना सुवेदी र वडा ६ का रामचन्द्र सापकोटाले बाँदर नियन्त्रणलगायत अन्य योजना राम्रो लागेको बताए । ‘योजना सबैतिर मिलाएर बाँडिएको छ,’ उनीहरूले भने, ‘सिंहदरबारको अधिकार गाउँमा आएको छ भन्छन् । अब गाउँको विकास होला । बाँदरको समस्या पनि हट्ला ।’ गाउँसभालाई सम्बोधन गर्दै संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले भने, ‘गाउँको संसद् हो गाउँसभा ।

यो स्थानीय सरकारको सभा हो ।

उनले बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिइए सफल हुने बताए । रूपा कास्कीका ५ मध्ये सबैभन्दा कम ९४ दशमलव ८१ वर्ग किलोमिटर क्षेत्रफल रहेको गाउँपालिका हो । ७ वटा वडा रहेको गाउँपालिकाको जनसंख्या १४ हजार ५ सय १८ मात्रै छ ।

आँधीखोलामा २३ करोड 
आँधीखोला गाउँपालिकाको प्रथम गाउँसभाले आगामी वर्षका लागि २३ करोड १३ लाख ६२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सुधीर पौडेलले बजेट सार्वजनिक गरेका हुन् । चालु बजेट ४ करोड ७ लाख ८४ हजार ४ सय छ भने पुँजीगततर्फ १९ करोड ५ लाख ७७ हजार ५ सय छ ।

पुँजीगत कार्यक्रमतर्फ समपूरक कोषअन्तर्गतका कार्यक्रमका लागि २० लाख, जग्गा खरिदका लागि ५० लाख, भवन निर्माण र खरिदका लागि ५० लाख, फर्निचरतर्फ १० लाख, सवारी साधनमा ५० लाख, मेसिनरी औजारका लागि १० लाख, सार्वजनिक निर्माणका लागि ५ करोड ८५ लाख ४३ हजार ५ सय ८, पुँजीगत अनुसन्धान तथा परामर्शका लागि १० लाख एवं ससर्त अनुदानतर्फ शिक्षा, स्वास्थ्य, कृषि र पशुलगायत विषयगत कार्यालयमार्फत सञ्चालन हुने कार्यक्रमका लागि ११ करोड २४ लाख ५५ हजार छुट्याइएको छ ।

यस्तै, चालु बजेटतर्फ जनप्रतिनिधिको पारिश्रमिक तथा सुविधामा ३८ करोड ३५ लाख, कर्मचारी पारिश्रमिक तथा सुविधातर्फ २ करोड ८६ लाख ४ हजार ९ सय १२, कार्यालय सञ्चालन खर्च १५ लाख, मर्मतसम्भार १० लाख, कार्यक्रम खर्च १९ लाख २१ हजार, परामर्श तथा अन्य सेवा शुल्कतर्फ १९ लाख २३ हजार ५ सय ८०, अनुगमन मूल्यांकन र भ्रमण खर्च १० लाख र विविध खर्चमा १० लाख छुट्याइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com