व्यापारी अपहरणमा संलग्न पूजासहित तीनैजना पक्राउ


प्रकाशित मिति : असार २७, २०७४ मंगलबार

– दुर्गालाल केसी 

असार २७, २०७४- तुलसीपुर उपमहानगरपालिका ५, बसपार्कका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाका मुख्य योजनाकार मानिएका झिम्पे ४, सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर २ घर भई हाल तुलसीपुर ६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी पूजा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए । पूजाले फोन गरेर व्यवसायीलाई बोलाएको र अन्य व्यक्तिहरुले अपहरण गरेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई विशेष प्रहरी टोलीले नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको र यसबारे बिस्तृत विवरण मंगलबार बेलुका ५ बजे तुलसीपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिने उनले बताए । प्रहरीले फरार अभियुक्तबारे सूचना दिनेको नाम गोप्य राखी एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो । जेठ २६ गते राति अपहरित श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा २१ दिनपछि मृत फेला परेका थिए ।

यसअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो । यसअघि पक्राउ पर्नेमा जंकोट १ रोल्पा घर भई घोराही ४ बस्ने ४० वर्षीय रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर १ घर भई हाल तुलसीपुर ६ बस्ने २३ वर्षीय रुगत थापा मगर, तुलसीपुर १२ का २५ वर्षीय कमल भनिने अविरल महतरा र घोराही १४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक शाहको संयोजकत्वमा एसपी वीरेन्द्र बस्याल, डिएसपी भुवनेश्वर तिवारी र प्रहरी निरीक्षक नरेन्द्र सलामी सदस्य रहेको समिति गठन गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com