साउदीमा आठ वर्षदेखि बन्धक नेपाली युवतीको उद्धार


प्रकाशित मिति : असार २७, २०७४ मंगलबार

असार २७, २०७४- साउदी अरबको तावुकबाट भक्त हमालले झापाका विशाल श्रेष्ठलाई एउटा नम्बर उपलब्ध गराउँदै भने, ‘यो नम्बर भारतीयले बोक्छ । एक नेपाली चेलीलाई ८ वर्षदेखि बन्धक बनाएर राखेको खबर छ । उद्धार गर्नुपर्‍यो ।’

श्रेष्ठले धेरैपटक फोन गर्दा पनि नउठेपछि सन्देश पठाए । आधा घण्टामै सम्पर्क भयो । नम्बर भारतीय युवतीको रहेछ । ‘हामी एउटा आमाछोरीको घरमा काम गर्छौं,’ ती युवतीले आफ्नो भाषामा भनिन्, ‘उन (नेपाली युवती) लाई बाहिर कसैसँग सम्पर्क गर्न दिइएको छैन । कहिलेकाहीं मालिक्नीकी आमाको घर जाँदा मैले मात्र भेट्छु ।’

ती युवतीले नेपाली युवतीलाई खुसुक्क आफ्नो मोबाइल दिइन् । ८ वर्षदेखि बन्धक रहेकी ती युवती थिइन्– पाल्पा दोभान–२ की ३९ वर्षीया कमला दर्लामी मगर । दर्लामीलाई श्रम शोषण र बन्धक बनाएर राखेको खबर ती युवतीले भारतमा रहेका आफ्ना दाजुलाई सुनाएकी थिइन् । उनका दाजुले नेपालमा सम्पर्क गरेर परिवारलाई सूचना दिए । साउदी गएदेखि सम्र्पकविहीन मगर जीवितै रहेको खबर पाएलगत्तै परिवारले साउदीमै रहेका छिमेकी भैरवसिंह सुनारलाई बुझ्न लगाए । उनी तावुकमा ड्राइभरको काम गर्थे । ती युवतीको नम्बर उनैले हमाललाई उपलब्ध गराएका थिए ।

कमलाले पहिलोपटक श्रेष्ठसँग फोनमा निकै मधुरो स्वरमा कुरा गरिन् । आफू त्यो घरबाट भागेर आउन नसक्ने बताइन् । साउदी मालिक/परिवारले थाहा पाउँछन् भनेर डराइरहेकी कमलासँग लामो कुरा हुन सकेन । त्यसपछि भने घरबाट भगाएर दूतावाससम्म लैजाने योजना बनाए श्रेष्ठले । कमला बस्ने किबाबाट रियादस्थित नेपाली दूताबास करिब एक सय ६० किमि टाढा थियो । श्रेष्ठ आफैंले गाडीमा हालेर लैजान सक्ने अवस्था थिएन । बाटोमा प्रहरीले पक्रिहाले सीधै जेल जानुपर्ने खतरा थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

श्रेष्ठ अलग्गै सिमबाट समस्यामा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा नेपाली दूतावाससँग समन्वय गर्थे । त्यसैबाट कमलाको विषयमा दूतावासलाई जानकारी गराए । कमलालाई ल्याउन घरसम्मै गाडी पठाउन दूतावास तयार भयो ।

कमला बसेको घरको ‘लोकेसन’ भारतीय युवतीले दिइन् । कमलालाई घरअगाडि आइपुग्ने समय दिएर तयार भएर बस्न लगाए । किबा निकै पुरानो गाउँ थियो । गाडीको आवातजावत कम हुन्थ्यो । कमलाको घरअगाडि दूतावासको गाडी पुग्यो । श्रेष्ठले अलि टाढै गाडी रोके । कमला घरबाट निस्केर दूतावासको गाडी चढ्नै लाग्दा साउदी नागरिकको गाडी आएर छेकिहाल्यो । उनीहरू केरकार गर्न थाले । श्रेष्ठ त्यो देख्नेबित्तिकै भागिहाले । साउदी नागरिकले प्रहरीलाई खबर गरिदिए । प्रहरीले दूतावासको गाडी र कर्मचारीलाई नियन्त्रणमा लियो । साउदी अरबमा घरेलु कामदारलाई मालिकको सहमतिबिना लैजान नपाउने नियम छ ।

प्रहरीले दुई दिनसम्म गाडी नियन्त्रणमा राख्यो । दूतावासका कर्मचारीले नेपालीलाई बन्धक बनाएर राखेको भन्दै स्वदेश पठाइदिन प्रहरीसमक्ष अनुरोध गरे । कमलालाई स्वदेश पठाइदिन मालिक तयार भए । ‘कसरी साउदीमा जीवन कटाएँ । त्यसको लेखाजोखा छैन,’ कमलाले भनिन्, ‘देश फर्किन पाएँ । नयाँ जिन्दगी पाएको छु । यसैमा खुसी लागेको छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com