कसले गरायो पाल्पामा प्रेसरकुकर बम विष्फोट ?


प्रकाशित मिति : असार २७, २०७४ मंगलबार

आज बिहान पाल्पामा बम विष्फोट भएको छ । तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो ।

बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

आज बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन् । तानसेन बजारको बीच र माथिल्लो भागमा विष्फोट भएको बमको आवाजले स्थानीय त्रसित भएका हुन् ।

बम कसले, किन विष्फोट गराएको हो भन्नेबारे अहिलेसम्म पत्ता नलागेको र आफूहरुले अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक हरिराज वाग्लेले बताउनुभयो । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको आह्वान गरेको छ । विप्लव नेतृत्वका कार्यकर्ताले गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।

यद्यपि बम विष्फोट भएको ठाउँमा कुनै पनि पार्टी वा व्यक्तिको परिचय खुल्ने पर्चा, पम्पलेटसमेत केही पनि नभेटिएको प्रहरीको भनाइ छ । सदरमुकाम तानसेनमा बन्दको प्रभाव परेको छ । रासस
फाइल फोटो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com