सप्तरीका बाढी पीडितलाई राहत वितरण


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

राजविराज, २६ असार । एक हप्ता अगाडि सप्तरीमा अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित परिवारलाई विभिन्न सङ्घ संस्थाले राहत वितरण गरेका छन् ।

मोहुली खोलालगायत विभिन्न नदीमा आएको बाढीले सप्तरी जिल्लाको लोहजरा गाविसका प्रभावित स्थानीय बासिन्दालाई झापाका रोट्र्याक क्लब अफ काँकडभिट्टा, रोट्र्याक क्लब अफ बिर्तामोड मिड् टाउन र मधेसी एसोसियसन अफ अमेरिकाले संयुक्त रुपमा १०० थान झुल, प्रत्येक परिवारलाई पाँच किलोका दरले चामल, खानेतेल, दाल र प्रत्येक परिवारलाई एक बोरा भुजा, २० कार्टुन वाइवाइ चाउचाउ र २० बोरा लत्ता कपडा वितरण गरिएको रोट्र्याक क्लब अफ काँकडभिट्टाले जनाएको छ ।

त्यहाँ करिब ९७ घर परिवारलाई रु एक लाख मूल्य बराबरको राहत साम्रगी वितरण गरिएको बताइएको छ । यस्तै बाढीबाट पीडित परिवारलाई जनकपुरको सक्रिय संयुक्त मधेस सङ्घर्ष समितिले समेत राहत प्रदान गरेको छ ।

समितिका पदाधिकारीले सप्तरी पुगेर जिल्लाको बाढी प्रभावित क्षेत्र मैनाकडेरी र रधुनाथपुरका पीडित परिवारलाई राहतस्वरुप विभिन्न सामग्री बाँडेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त समितिले सप्तरीमा रु पाँच लाख मूल्य बराबरको त्रिपाल, ओछ्याउने फोम, लताकपडासहित औषधिसमेत बाँडेको सो समितिले जनाएको छ ।

त्यस्तै सप्तरीको खाँडो नदीको कटानबाट प्रभावित मलेठका बढी पीडित परिवारलाई जनज्योति कृषि सहकारी संस्थाले पनि संस्थाका बचतकर्ता तथा ऋणीलाई राहत वितरण गरेका छन् ।

उक्त संस्थाले संस्थाका बचतकर्ता एवम् ऋणीलाई नगद रु दुई हजारका दरले संस्थाको कार्यालयमा एक कार्यक्रमबीच सो राहत वितरण गरेको हो ।

संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षता तथा समाजसेवी हरेकृष्ण प्रसादसिंह हरिबाबुको प्रमुख आतिथ्य एवम् वरिष्ठ पत्रकार अनिलकुमार अनल उपस्थितिमा राहत वितरण गरिएको बताइएको छ ।

यसैगरी राजविराज नगरपालिका–९ को दलित बस्तीमा हेल्प नेपाल नेटवर्क काठमाडौँको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लब सप्तरीको संयोजनामा मलेठका बाढीपीडित परिवारलाई राहत वितरण गरिएको छ ।

मलेठ–७ हाल राजविराज नगरपालिका–९ का ३२ परिवार र दिघवाका–४ गरी ३६ परिवारलाई राहत वितरण गरिएको क्लबका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com